Like us!
Follow us!
Connect us!
Watch us!

अवसरको संघारमा सेयर बजार : आत्तिनु पर्ने कारण छैन

विहीबार, ०८ भदौ २०७४, ०५ : १० मा प्रकाशित

अवसरको संघारमा सेयर बजार  : आत्तिनु पर्ने कारण छैन

नेपाली पूँजी बजारले २०३३ साल देखि खुल्ला प्रतिस्पर्धात्मक बजारमा उपस्थिती जनाए सँगै विभिन्न आरोह अवरोह झेल्दै अगाडि बढेको छ ।

२०७३ साउन मा १८८१ को उच्च नेप्से परिसूचकको बिन्दु तय गरी निरंन्तर ओरालो लाग्ने क्रममा २०७३ फागुन २ गते १२५२ बाट घटेर १२१९ संम्म आई पून उकालो लाग्ने क्रममा त्यसैदिन २६ अंक बढी नेप्से १२७८.९८ अंक कायम रहेको थियो ।

 एकाथरी जमात नेप्से आठ,नौ सयमै आईपुग्छ भन्दै हल्ला मच्चाउदै गर्दा चैत्र २१ गते नेप्से पून १७४७ संम्मको यात्रा तय गर्यो । त्यस पछी चैत्र ३० गते १७३७ संम्मको यात्रा तय गर्दै गर्दा राजपाको चुनाव बहिस्कार र आन्दोलनको घोषणाले उक्तदिन २५ मिनेटमा ३४अंक घट्यो र त्यस पछिको समय घटबढ हुँदै असार २० गते १५४१को बिन्दुवाट अगाडि वढ्ने  क्रममा रहेको छ ।

नेपाली पूँजी बजार ले करिब एक बर्ष देखि पुरानो रेकर्ड भन्दा माथि जान सकिरहेको छनै । रिकभर कै फ्रेजमा छ। यो लगानीका लागि उचित अवसर पनि हो । तर पनि बजार अगाडि बढ्न अबरोधका केही प्रमुख कारण छन् जुन निम्न प्रकार छन्।

१ बैंक तथा बितिय क्षेत्रमा लगानी योग्य रकमको अभाव हुनु हो तर यो समस्या समाधानको चरणमा छ । दिनदिनै बैंकहरुले निक्षेप संकलन को ब्याजदर घटाउदै लैजादा बैंकले प्रवाह गर्ने ऋणमा पनि क्रमशः ब्याजदर कम हुँदै गरेको चरणमा छ ।

२ केही ब्रोकर कंम्पनीहरुको निकट्तामा संञ्चालित केही चल्तिका अनलाइन मिडीयालाई आफ्नो व्यापारिक हतियारको रुपमा प्रयोग गर्नाले पनि वजार लाई थप अस्थिता उत्पन्न गराई आफ्नो अनुकुल मिडीयाको दुरुपयोग गरि कैले बिना प्रसंङ्गको कालोधन को चर्चा चलाईन्छ ।

  त्यस्तै मूल्य अभिवृद्धिकर लगाउने वा नलगाउने भन्ने हल्ला पनि चल्छ । त्रुटिपूर्ण मौद्विक नीतिको जस्तै गलत समाचार । जस्ले सत्यतथ्य समाचार लाई ओझेल पार्ने काम गरिरहेछन् ।
३  ५० वटा ब्रोकर कंम्पनीहरुको सिन्डीकेट प्रणाली जस्ले पूँजीबजारको व्य

सायलाई आफ्नो विर्ता संझन्छन् । केही शाखा थपेर परिस्थितीलाई थाम थुम पारे पनि जस्ले बैंकहरु लाई ब्रोकर लाईसेन्स दिन अवरोध गरी ग्रामिण परिवेशमा वस्ने नागरिकलाई सरल र सहज सेयर वजारको  अवसरवाट बंञ्चित गराउने काम गरेका छन् ।

सेयर बजारमा कारोवार गर्दाको पर्दा भित्रको खेल छुटै छ।सेयर बजारमा केहि ब्रोकरहरुको मिलेमतोमा केहिकंम्पनि को सेयर लाई अत्याधिक उतार चढाब गराउदै समग्र वजारलाई तहस नहस् हुनेगरी बिभिन्न हर्कतहरु भईरहेका छन् । यस बाट मुक्तिको लागि नेप्सेको नयाँ सफ्टवेयर  सेमी अनलाईन को तत्काल अभाव खडकिइरहेको छ ।

४ महिना दिन बितीसक्दा पनि नेप्सेले महाप्रबन्धक  नपाँउनु सरकारले नियुक्ति गर्न नस्कनु । सरकारी वेथिती र उदासिनताले पनि नेपाली पूँजीवजार लाई थिलथिल्याउने र लगानीकर्ता को मनोवल गिराउदै वितिष्णा जगाउने काम गरेको छ।

तर पनि नेपाली पूँजीवजारमा खासै केही हुदै  नभएको  भने  हैन, धैरै राम्रा निती नियम र काम हरुका विचमा छल्छाम पूर्ण चलाईएका  वेथिती र प्रतिनिधि  धन्दाहरु हुन् । अब नेपाली  सेयर वजार आधुनिक युगको परीवर्तनको संघारमा आईपुगेको छ ।

पूर्ववत् योजना अनुरुप जब सेयर वजार सेमिअनलाईन प्रबिधीको प्रयोगका साथ अगाडि बढ्नेछ,त्यसपछी नेप्सेले छिटै नयाँ इतिहास रच्नेछ ।  

 जसरी २०७२ माघदेखी डिम्याट प्रबिधीको सुरुवात गरी कारोबार लाई सहजता प्रदान गर्दा नेप्से २०७३साउनमा नै १८८१संम्मको यात्रा तयगर्याे,त्यसैगरी पूर्ण स्वचालित अनलाइनल प्रविधिको प्रयोगको सुरुवात संगै नेप्सेको पनि उच्च बृद्विहुने निश्चित छ ।

अन्य मुलुकमा यस किसिमको अनर्लानको प्रयोगले नेप्से परिसुचकमा ३ गुणासम्मको बृद्वी देखिएको छ, भने हाम्रो नेपालमा त अझै पनि साना सहरहरुमा यसको वारेमा सामान्य जान्कारी र पहुँच पुग्नै सकिरहेको छैन । ५०वटा ब्रोकरहरुले खोलेका शाखा कार्यलय पनि मोफसलका शहर केन्द्रित नै छन् ।

ग्रामीण भेगका लगानीकर्ता यस सेवाबाट पूर्ण रुपमा बञ्चित नै छन् र ग्रामीण भेगका लगानीकर्ता यस सेवाबाट पूर्णरुपमा बञ्चित नै छन । धितो पत्र बोर्डले पनि हालैवाट बिभिन्न अनुगमन कार्य सुरु गरेको छ, जस्ले वजारलाई स्वच्छ प्रतिस्पर्धात्मक कारोबारको लागि ठूलो रोल खेल्नेछ ।

१२५२ अंक पुगेको नेप्सेलाई स्थानिय चुनावको माहोलले १७४७ संम्म ल्याई पुर्यायो भने अझ वाँकी रहेको स्थानीय तहको तेस्रो चरणको २ नंम्वर प्रदेशको चुनाव हुने सुनिश्चितताका साथै मंसिर १०गते दुवै तहको प्रदेश र संघिय संसदको चुनाबी माहोल , राजनैतिक स्थिरता र संविधानको कार्यान्वयनले पनि काम गरेको छ ।

यस्तै सुशासनका साथै  स्थानिय निकायवाट बजेट समयमै परिचालित भई आर्थिक विकासमा आउने सकारात्मक प्रभाव ,बैंक तथा बित्तिय  क्षेत्रमा तरलता कम भैसकेको परिस्थितिमा पूर्व घोषित कात्तिक २१ बाट प्रयोगमा आउने अन्र्लान  कारोवारले अबश्य पनि नेपाली  पूँजी बजारका लागि सुनौलो युगको प्रारंम्भ गर्नेछ ।

त्यस कारण यो समय पूँजी वजारबाट पलायन हुने हैन अझै लगानी गर्ने उपयुक्त समय हो । छोटो समयमा राम्रो प्रतिफल पाउने समय हो । जतिसक्दो राम्रो प्रतिफल दिने कम्पनीका सेयर संख्या जम्मा गर्नु नै अहिलेको अर्जुन दृिष्ट हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको