Like us!
Follow us!
Connect us!
Watch us!

शखधरको नाफा ४८ लाखमाथि

आइतबार, ०४ भदौ २०७४, १४ : २३ मा प्रकाशित

शखधरको नाफा ४८ लाखमाथि

अर्थ संसार, भक्तपुर – शंखधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आव. २०७३/७४ मा ४८ लाख १४ हजार ५४५ नाफा गरेको छ ।

सो संस्थाकोे १० औँ वार्षिक साधारणसभामा अध्यक्ष रामसुन्दर श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ३० दशमलव २ प्रतिशत नाफा आर्जन भएको बताउनुभयो ।

संस्थाको शेयर पुँजी रु दुई करोड २० लाख ७५ हजार ४०० पुगेको, कुल बचत रु २५ करोड २५ लाख ६३ हजार ८७८ संकलन भएको र रु २२ करोड ७१ लाख ६ हजार ९१ ऋण लगानी गरेको उहाँले जानकारी दिनुभयो ।

संस्थाले जगेडा कोष वृद्धि गरी रु ६६ लाख ३३ हजार ७२७ पु¥याएको, अन्य कोषमा रु ४९ लाख ७० हजार ४१४ पुगेको, संस्थाको सम्पत्तिलाई वृद्धि गरी रु ३० करोड ३५ लाख ६२ हजार ७०७ पु¥याइएको जनाएको छ ।

साधारणसभामा सांसद रामेश्वर ढुंगेलले सहकारी संस्था सिद्धान्तमा चल्नुपर्नेमा जोड दिँदै बचतकर्ताको विश्वास जित्दै नाफामुखी भन्दा पनि सेवामुखी भएर जानुपर्ने बताउनुभयो ।

मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमि नगरपालिका खानेपानी, सरसफाइ, सार्वजनिक जग्गा संरक्षणमा प्राथमिकताका साथ कार्य अगाडि बढेको चर्चा गर्दै सहकारी संस्थाको विकासमा पनि नगरपालिकाले टेवा पु¥याउने बताउनुभयो ।

साधारण सभामा संस्थाका ज्येष्ठ सदस्य रामबहादुर खड्गी, र च्रवेती श्रेष्ठलाई सम्मान गर्नुका साथै २०७३ को एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने सुमित श्रेष्ठ र विञ्जली बज्राचार्यलाई पुरस्कार प्रदान गरिएको थियो ।

त्यसैगरी संस्थाका उत्कृष्ट आवधिक बचतकर्ता गणेशमाया श्रेष्ठ, उत्कृष्ट नियमित बचतकर्ता कृष्णहरी प्रजापति, उत्कृष्ट बाल बचतकर्ता निश्चिन्त बज्राचार्य, उत्कृष्ट ऋण कारोबार हेरबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको