Like us!
Follow us!
Connect us!
Watch us!

सबै कार्यालयमा दोभासे राख्न माग

आइतबार, ०४ भदौ २०७४, १२ : ०३ मा प्रकाशित

सबै कार्यालयमा दोभासे राख्न माग

अर्थ संसार, भक्तपुर– यहाँका बहिराहरुले सबै कार्यालयमा दोभाषेको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । यहाँ शुक्रबार आयोजित भक्तपुर बहिरा संघको २१औँ वार्षिक साधारणसभामा अधिकांश बहिराले कार्यालयमा दोभाषे नहुँदा बहिराको माग सम्बोधन हुन नसकेको बताएका थिए ।

दोभाषे एवं संघका सदस्य टीकाराम लामिछानेले प्रत्येक नगरपालिका तथा कार्यालयमा एक दोभाषे राख्नुपर्ने र बहिराको पहुँच शिक्षा, स्वास्थ्य तथा रोजगारीमा पुग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सांसद एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले बहिराको मागको बारेमा आफूले संसद् बैठकमा आवाज उठाउने आश्वासन दिँदै सरकारले बहिराका शिक्षा, रोजगारी तथा तालीमको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

महिला विकास कार्यालयका प्रमुख नीला घिमिरेले सरकारले कम बजेट पठाउने भएकाले बहिरा तथा अपांगलाई कार्यालयले मागअनुसारको बजेट दिन नसकेको बताउनुभयो ।

पत्रकार सोम शर्मा बजगार्इंले पत्रकारले बहिरा र अरुबीच पुलको काम गर्न सक्ने बताउनुभयो । संघका अध्यक्ष सूर्यबहादुर बुढाथोकी, कोषाध्यक्ष सुशील अधिकारी, सचिव जयराम पकानेवारलगायतले संघले भवन निर्माण गर्न लागेकाले सबै निकायलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

त्यस अवसरमा बहिरा क्षेत्रबाट २०७३ को एसइई परीक्षा उत्तीण सरु जति, सोना ग्वाछा र लक्ष्मीप्रसाद दुलाललाई सम्मान गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको