Like us!
Follow us!
Connect us!
Watch us!

हात्तीले घर भत्काउँदा रु १२ लाखको क्षति

आइतबार, ०४ भदौ २०७४, ११ : २४ मा प्रकाशित

हात्तीले घर भत्काउँदा रु १२ लाखको क्षति

अर्थ संसार, उर्लाबारी (मोरङ)–उर्लाबारीमा जंगली हात्तीले दुई घरमा क्षति पु¥याउँदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार गए राति मध्यरातमा जंगलबाट आएको एउटा हात्तीले उर्लाबारी – १ झारसादीका बलवीर थापा र सन्त धिमालको घर भत्काएको हो ।

हात्तीले थापाको एक तले पक्की घर भत्काउँदा रु १२ लाखको क्षति भएको हो । थापाको घर भत्काएपछि दक्षिण लागेको हात्तीले आज बिहान २ बजे धिमालको फुसको घर भत्काउँदा रु ३५ हजारको क्षति भएको छ । हात्ती राति नै मिक्लुङक जंगलतिर गएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको