Like us!
Follow us!
Connect us!
Watch us!

उमेरले छेकेन पढ्नलाई, असी वर्षमा क, ख सिक्दै अम्मरबहादुर

आइतबार, ०४ भदौ २०७४, ०८ : ५४ मा प्रकाशित

उमेरले छेकेन पढ्नलाई, असी वर्षमा क, ख सिक्दै अम्मरबहादुर

अर्थ संसार, बाबियाचौर (म्याग्दी) - बेनी नगरपालिका– १ रत्नेचौरका एक वृद्ध ८० वर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पढ्न थाल्नुभएको छ ।

रत्नेचौरको उपल्लाचौरका ८० वर्षीय अम्मरबहादुर थापा स्थानीय नेशनल एकेडेमीको कक्षा १ मा भर्ना भएर अध्ययन गर्न थाल्नुभएको छ । गत वैशाखमा भर्ना भएका थापा नियमित विद्यालय आउने र अरु विद्यार्थीसँगै बसेर पढ्ने गरेको नेशनल एकेडेमीका प्राचार्य याम थापाले बताउनुभयो ।

उहाँले नेपाली र अंग्रेजी अंक, अक्षर लेखपढ सिक्नका लागि विद्यालय भर्ना भएको बताउनुभयो । धार्मिक ग्रन्थ अध्ययन गर्न, हरहिसाब गर्न, आफ्नो, परिवारका सदस्य र ठाउँको नाम चिन्ने उहाँको उद्देश्य छ ।

बौद्ध धर्ममा आस्था राख्नुहुने थापाले पढ्न नजान्दा धर्मग्रन्थका बारेमा बुझ्न नसकेका कारण आफैँले पढेर ज्ञान हासिल गर्ने अठोट लिनुभएको छ । उहाँ भारतीय सेनाका पेन्सनर हुनुहुन्छ । पच्चीस वर्षअघि पेन्सन आउनुभएको थियो ।

थापा नातिनातीनासँगै झोलामा कापी, कलम र किताब बोकेर विद्यालय आउने र पढाइमा निकै चासो दिने गरेको शिक्षिका टीका थापाले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको