Like us!
Follow us!
Connect us!
Watch us!

मिस एयरहोस्टेस–२०१७ चौथो अडिसन सम्पन्न, ५१ युवती छनौट

शनिबार, ०३ भदौ २०७४, १९ : १२ मा प्रकाशित

मिस एयरहोस्टेस–२०१७ चौथो अडिसन सम्पन्न, ५१ युवती छनौट

अर्थ संसार, काठमाडौं – सिजन मिडियाद्धारा विगत ७ वर्ष देखि आयोजना गर्दै आएको मिस एयर होस्टेस २०१७ चौथो सस्ंकरणको लागि पहिलो चरणको छनौट प्रक्रिया वाट ५१ जना  युवतीहरु छनौट गरिएको छ ।

मिस एयस होस्टेसका लागि एयर होस्टेस सम्वन्धी काठमाडौं लगायत विभिनन सहरहरुमा एयर होस्टेसको तालिम लिइ वसेका वा तालिम लिदै गरेका कक्षा १२ वा सोसरह अध्ययनरत ५फिट २ इन्च उचाई भएका ८१ जना युवतीहरुले यस प्रतियोगीताको लागि आवेदन फारम भरेका थिए ।

यस प्रतियोगितात्मक कार्यक्रमवाट प्रतियोगीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि लगायत नेतृत्वदायी क्षमताको विकास  लागि सहयोग पुर्याउने र एयर होस्टेस वन्नको लागि सहयोग पुर्याउछ भन्ने हेतुले यो कार्यक्रमलाई निरन्तरता दिएकोे हो ।
 
उक्त छनौट कार्यक्रममा नेपाल एयरलाइन्सको वोर्ड डाइरेक्टर अच्युतराज पहाडी , क्यानका ट्रमिनल म्यानेजर सुनीता भारद्धाज , सिम्रिक एयरका चिफ एयर होस्टेस  अस्मीता खनाल,हिमालयन एयरलाइसका इन्जीनियर रन्जीत जैसवाल र अफिसियल कोरीयोग्राफ रोजीन साक्य रहनु भएको थियो ।

उक्त प्रक्रियावाट छनौट भएका  प्रतियोगीहरुलाई भदौ ५ गतेवाट  कमलादि स्थित सिडव्लु पाटी प्यालेसमा प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण ,हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने साथै स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विभिन्न विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ  । भाद्र अन्तिम साता उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा हुनेछ ।

मिस एयरहोस्टेसको नाममा मिल्दा जुल्दा नाम राखि मिस एयर होस्टेस नेपाल, डिभा जस्ता विभिन्न नाममा कार्यक्रमहरु फेशवुक मार्फत आव्हान भइरहेकोले उक्त टाइटल आधिकारीक नभएको पनि जानकारी गराउदछौ ।

 प्रतियोगिताका विजेताले “मिस एयरहोस्टेस २०१७”को ताज उपाधि सहित रु २५ हजार नगद पुरस्कार साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान कम्पनीमा रोजगारीको अवसर प्रदान गरिने छ ।

  र उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति ,साथै अन्य गिफ्टहयाम्पर पाउने छन भने फस्ट रनर अप र सेकेण्ड रनरले क्रमस रु १५ हजार र १० हजार नगद पुरस्कार साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान कम्पनीमा रोजगारीको अवसर प्रदान गरिने छ  साथै उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति ,साथै अन्य गिफ्टहयाम्पर पाउने छन ।  यस बाहेक अन्य विभिन्न १५ विधामा पनि सव टाइटल अवार्डहरु प्रदान गरिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको