Like us!
Follow us!
Connect us!
Watch us!

बाढीपीडितले पाउने भए एक जनाले प्रति दिन ७० रुपैयाँ

शुक्रबार, ०२ भदौ २०७४, १७ : ११ मा प्रकाशित

बाढीपीडितले पाउने भए एक जनाले प्रति दिन ७० रुपैयाँ

अर्थ संसार, काठमाडौं– बाढीप्रभावित क्षेत्रमा पीडितहरुलाई सीधै नगद बाँड्ने सरकारले निर्णय गरेको छ। आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले पीडितलाई प्रति व्यक्ति दैनिक ७० रुपैयाँ दिने जानकारी दिए।

गृहमन्त्री शर्माले–‘भोलिदेखि नै पीडितले ७० रुपैयाँ पाउने छन्। यो प्रभावकारी हुनेछ।’ उनले गाउँ/गाउँमा पसल भएको र पीडितहरुले किनेर खान सकिने बताए। पसल नहुने स्थानमा खादय सस्थानले बिक्री गर्ने व्यवस्था गर्ने पनि उनले दावी गरे।

बाँकी पुननिर्माण र राहतको लागि पनि काम भइरहेको शर्माले बताए। बाढीले क्षति भएका घरको पुननिर्माण केही महिनामा नै गर्छौँ। यो पटक भूकम्पमा जस्तो हुँदैनु, उनले भने।

बाढीबाट अहिलेसम्म १३५ जनाको मृत्यु भइसकेको, ३० जना अझै हराइरहेका र ४० जना घाइते भएको तथ्याङ्क उनले राखे। उनका अनुसार बाढीपहिरोबाट ३० जिल्ला प्रभावित छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको