Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरणको आम्दानी १५ अर्ब बढी

विहीबार, ०१ भदौ २०७४, १६ : ४९ मा प्रकाशित

प्राधिकरणको आम्दानी १५ अर्ब बढी

अर्थ संसार, काठमाडौं–नेपाल विद्युत प्राधिकरणले व्यवस्थापकीय सुधार गरेपछि एक वर्षमै आम्दानी रु १५ अर्ब बढाएर रु ५० अर्ब २२ लाख ९४ हजार पुगेको  छ ।

प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएसँगै व्यवस्थापकीय प्रद्धतीमा ब्यापक सुधार गर्दै प्राधिकरणले आम्दानी मात्र बढाएको छैन मुनाफा समेत कमाएको छ ।

प्राधिकरणले गत आर्थिक बर्षमा यो आम्दानी गरेको हो । प्राधिकरणको ३२ औं बार्षिक उत्सवको अवसरमा बिहीबार कार्यकारी निर्देशक घिसिङले प्रतिवेदन पेश गर्दै अघिल्लो आवको तुलनामा आम्दानी रु १५ अर्ब ले  बढेको बताए ।

उनका अनुसार प्राधिकरणले गत आव ०७३/०७४ मा रु २ अर्ब ४० करोड ७३ लाखसञ्चालन मुनाफा समेत आर्जन गरेको छ । अघिल्लो आवमा प्राधिकरण रु ३ अर्ब ६ करोड सञ्चालन नोक्सानीमा रहेको थियो ।

प्राधिकरणले १५ बर्षपछि सञ्चालन नाफा कमाएको हो । विद्युत चुहावट नियन्त्रण  व्यवस्थापनका कारण सञ्चालन नाफा भएको जनाइएको छ । यस्तै, प्राधिकरणको खुद नोक्सानी घटेर रु ९७ करोड ८९ लाख आएको छ । अघिल्लो आवमा यस्तो नोक्सानी रु ८ अर्ब ८९ करोड रुपैयाँ रहेको जनाइएको छ ।

प्राधिकणले एक बर्षमा चुहावट नियन्त्रण, विद्याुत आयातमा औसतदरमा कमी, महसुल समायोजन, नियमित विद्युत आपुर्ती तथा विद्युत गृहहरुको मर्मत तथा सुधारका कारण नोक्सानी कम हुँदै गएको हो । सोही काण करिव ४३ प्रतिशतले आम्दानी बढेको प्राधिकणले जनाएको छ ।

प्राधिकरणको सो बार्षिक उत्सवमा दिइएको जानकारी अनुसार खर्च रु ३६ अर्ब ८ करोड वाट बढेर रु ४५ अर्ब ५७ करोड पुगेको छ । घिसिङका अनुसार प्राधिकरणका ग्राहक संख्या २९ लाख ७० हजारवाट वढेर ३२ लाख ६० हजार पुगेका छन् । यस्तै, २५.७८ प्रतिशत रहेको चुहावट घटेर २२.९ प्रतिशतमा झरेको उनले बताए ।

यस्तै, गत आवमा ६ हजार २ सय ५७ गिगावाट आवर विजुली प्राप्त भएको प्राधिकरणले जनाएको छ । यो अघिल्लो बर्षको तुलनामा २३ प्रतिशत वढी हो ।

घिसिङले गत तिहारपछि नियमित विद्युत आपुर्तीमा सफलता पाउनु, चुहावट नियन्त्रण, विद्युत गृहहरुको मर्मत सुधारले सञ्चालन मुनाफा आर्जन गरेको बताए । तर, अघिल्लो बर्षको घाटाकै कारण खुद नाफा भने कमाउन नसकेको उनको भनाइ छ । आउँदो बर्ष भने प्राधिकरणले खुद नाफा आर्जन गर्ने घिसिङले बताए ।  

यो पनि पढ्नुहोस्

अपि पावर कम्पनी युुद्ध स्तरमा आयोजनाहरु बनाउँदै (फोटो र भिडियोसहित)

अरुणभ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले १० प्रतिशत बोनस दिने, भाद्र ३० गते २० औँ साधारणसभा गर्ने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको