Like us!
Follow us!
Connect us!
Watch us!

अरुणभ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले १० प्रतिशत बोनस दिने, भाद्र ३० गते २० औँ साधारणसभा गर्ने

विहीबार, ०१ भदौ २०७४, १४ : ५८ मा प्रकाशित

अरुणभ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले  १० प्रतिशत बोनस दिने, भाद्र ३० गते २० औँ साधारणसभा गर्ने

अर्थ संसार, काठमाडौं– अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई १० प्रतिशत बोनस सेयर र शुन्य दशमलव ५२६ प्रतिशत नगद लाभांश दिने  भएको छ ।

साउन ३२ (बुधबार) गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  जलविद्युत विकासका क्रममा विगत २० वर्षदेखि अनवरत रुपमा कार्यरत अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको २० औं वार्षिक साधारणसभा यही भाद्र ३० गते शुुक्रवार दिन नेपाल स्टाफ कलेज जावलाखेलमा सम्पन्न गर्ने कम्पनीको सञ्चालक समितिले निर्णय गरेको छ ।

चुुक्ता पूूँजि रु. ८४.८२ करोड रहेको नेपालका सुुचिकृत जलविद्युत कम्पनीमध्ये सबै भन्दा धेरै सेयर सुुचिकृत यस कम्पनीको ८४,८१,९३० कित्ता सेयर धितोपत्र बजारमा कारोवार भैरहेको छ ।
३२ साउन २०७४ को कारोबार पश्चात् कम्पनीको सेयरको अन्तिम मुुल्य रु.२६५ रुपैयाँ कायम भएको छ ।

कम्पनीमा रहेको नगद र जगेडाकोष रकमबाट कम्पनीले काबेलीबी—१ क्यासकेड जलविद्युत आयोजना ९.९४ मेगावाट निर्माणमा लगानी गर्ने छ । काबेलीबी—१ क्यासकेड जलविद्युत आयोजना निर्माणका लागि चाहिने स्वलगानी कम्पनीले FPO (Further Public Offering) विधिबाट थप पूूँजि परिचालन गर्ने धेयले काम भैरहेको अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनीका प्रवन्ध सञ्चालक रमेशप्रसाद न्यौपानेले बताउनुभयो ।

कम्पनीका प्रवन्ध सञ्चालक न्यौपानेका अनुसार कम्पनीले नयाँ आयोजना विकास गर्ने क्रममा ताप्लेजुुङ्ग जिल्लाको श्रीजङ्गा, सिदीङ्वा र याङवरक गाउँपालीकाहरु विच भई बहेको काबेली नदीमा ९.६ मेगावाटक्षमताको जलविद्युत आयोजनाको सर्वेक्षण अनुुमतीपत्र प्राप्त गरि संभाव्यता अध्ययनको कार्य गरिरहेको छ ।

त्यसै गरी कम्म्पनीले सगरमाथा अञ्चल सोलुुखुुम्बुु जिल्ला महाकुुलुुङ्ग गाउँपालीकामा बहने बुुदुुङ्गखोलामा ११.८ मेगावाट क्षमताको नयाँ आयोजना पहिचान गरि संभाब्यता अध्ययन कार्य गरिरहेको छ ।

अरुणभ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनीलिमिटेड समेतको  लगानीमा निर्माण भईरहेको काबेलीबी-१ जलविद्युत आयोजना आ.व. २०७४÷७५ भित्र निर्माण सम्पन्नभई विद्युत उत्पादनबाट आयआर्जन हुुन थालेपछि अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनीलिमिटेडको आम्दानीमा ठुुलो बढोत्तरी हुुनेछ जसबाट शेयरधनी महानुुभवहरुले उच्च दरको लाभाशं प्राप्तगर्न सक्नुुहुुनेछ ।

तसर्थ दिर्घकालीनरुपमा शेयर लगानीगर्न चाहनुुहुुने महानुुभवहरुका लागि यो अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड कम्पनीको सेयर लगानीको एक आकर्षक कम्पनी हो ।जलविद्युतका क्षेत्रमा विगत २ दशकदेखि अनवरत कार्यरत यस कम्पनीले गरेको कामहरु तथा भावी कार्यक्रमहरुका बारेमा एक बृहत छलफल कार्यक्रम आयोजना गर्ने भएको छ ।

कम्पनीले २०औं वार्षिक साधारणसभाबाट ५ सदस्य रहेको एक सञ्चालक समितिको निर्वाचन गर्ने समेत साधारण सभाको एजेण्डा रहेको छ ।

यो पनि पढ्नुहोस्

अपि पावर कम्पनी युुद्ध स्तरमा आयोजनाहरु बनाउँदै (फोटो र भिडियोसहित)

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको