Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोले १० प्रतिशत बोनस दिने

विहीबार, ०१ भदौ २०७४, १२ : २४ मा प्रकाशित

अरुण भ्याली हाइड्रोले  १० प्रतिशत बोनस दिने


अर्थ संसार, काठमाडौं– आफ्ना लगानीकर्तालाई अरुण भ्याली हाइड्रो पावर कम्पनी लिमिटेडले १० प्रतिशत बोनस सेयर दिने भएको छ । 

साउन ३२ (बुधबार) गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

समितिले पारित गरेको उक्त बोनश सेयर कम्पनीको साधारणसभाले पारित गर्नुको साथै नियामन निकाय धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेपछि मात्र लगानीकर्तालाई वितरण गरिने अरुण भ्याली हाइड्रोपावर कम्पनीले जनाएको छ ।
कम्पनीले गत बर्ष नाफा ५० प्रतिशतभन्दा बढिले बढाएर ८ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको थियो ।

 कम्पनीले विद्युत बेचेर ५ करोड १६ लाख रुपैयाँ सहित कम्पनीको खुद आम्दानी १३ करोड रुपैयाँ गरेको थियो। यसमध्ये सञ्चालन खर्च एक करोड ७९ लाख रुपैयाँ थियो।

 कम्पनीको चुक्ता पूँजी ८४ करोड ८१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ करोड २३ लाख रुपैयाँ जम्मा भएको कम्पनीले सार्वजनिक गरेको आर्थिक बिवरणमा उल्लेख छ । कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ रहेको छ ।

यो पनि पढ्नुहोस्

अपि पावर कम्पनी युुद्ध स्तरमा आयोजनाहरु बनाउँदै (फोटो र भिडियोसहित)

59953d945b8ad.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको