Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको मुनाफा ३ अर्ब

विहीबार, ०१ भदौ २०७४, ११ : ५१ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको मुनाफा ३ अर्ब

अर्थ संसार, काठमाडौं– पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७३/७४ मा ३ अर्ब ८ करोड रुपैयाँ नाफा गरेको छ ।

अघिल्लो वर्ष वाणिज्य बैंकको नाफा २ अर्ब ३५ करोड थियो । ८ अर्ब चुक्ता पुँजी रहेको वाणिज्य बैंकसँग १ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप छ । जुन नेपालका वाणिज्य बैंकमा भएको सबैभन्दा बढी निक्षेप हो । बैंकले १ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

एक वर्षको अवधीमा वाणिज्य बैकले ७ अर्बले निक्षेप बढाएको छ भने कर्जा १५ अर्ब रुपैयाँले कर्जा बढाएको छ ।

एक वर्षको अवधीमा वाणिज्य बैंकको रिजर्बपनि बलियो बन्दै गएको छ । अघिल्लो वर्ष १७ करोड रुपैयाँ रिजर्बमा रहेकोमा यो वर्ष ३ अर्ब ११ करोड रुपैयाँ रिजर्बमा पुर्याएको छ ।
बैंकले ब्याज आम्दानीबाट ६ अर्ब ९८ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष ५ अर्ब ५४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

फि कमिसनबाट ५१ करोड र अन्य संचालन आम्दानी ६३ करोड नाफा वाणिज्य बैंकले गरेको छ । यसरी बैंकले संचालन मुनाफा ८ अर्ब १८ करोड गरेको छ ।

बैंकको सबैभन्दा बढी खर्च ३ अर्ब ११ करोड रुपैयाँ कर्मचारीको लागि खर्च गरेको छ । अघिल्लो वर्ष कर्मचारीको लागि २ अर्ब ८८ करोड खर्च भएको थियो । अन्य संचालन खर्च १ अर्ब गरेको छ । बैंकले नोक्सानी व्यवस्थाको लागि १ अर्ब ३८ करोड छुट्याएको छ ।

अघिल्लो वर्ष नउठेको १ अर्ब २१ करोड रुपैयाँ ऋण उठाएको छ । यो वर्ष कर्मचारीको बोनसको लागि ३० करोड छुट्याइएको छ । आयकर वापत वाणिज्य बैंकले ७३ करोड रुपैयाँ तिरेको छ ।

यो पनि पढ्नुहोस्

अपि पावर कम्पनी युुद्ध स्तरमा आयोजनाहरु बनाउँदै (फोटो र भिडियोसहित)

599534f5b1454.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको