Like us!
Follow us!
Connect us!
Watch us!

को हुँदैछ नेप्सेको सिईओ ? यी हुन् दावेदार

विहीबार, ०१ भदौ २०७४, ०७ : १३ मा प्रकाशित

को हुँदैछ नेप्सेको सिईओ ? यी हुन् दावेदार

अर्थ संसार, काठमाडौं–नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिईओ) को हुदैछ भन्ने चर्चा अहिले निक्कै चलिरहेको छ ।

माथिल्लो निकायलाई फकाउन सक्ने व्यक्तिनै पदीय जिम्मेवारीमा पुग्ने गरेको आरोप लागिरहँदा यसपटक पनि सिइओमा त्यस्तै चर्चा चलिहेको छ ।

अहिले नेप्सेको सिइओका लागि १३ व्यक्तिले आवेदन पेश गरेका छन् । जसमा महाप्रवन्धकवाट अवकास प्राप्त सीताराम थपलिया समेत छन् ।

अर्थमन्त्रालयले हालै गठन गरेको सिइओ छनोट समितिमा आवेदन वुझाउनेमा थपलिया देखि ज्योती बिकास बैंकका डेपुटी सिइओ मनोज ज्ञवालीसम्म छन् ।

समितिमा नेप्सेको सिइओका लागि भोला पाण्डे, प्रमोदराज शर्मा, चन्द्रसिंह सावत, प्रविण पन्डक, सरोज टण्डन छन् ।

यस्तै, सुशीलकुमार अर्याल, तारानाथ भट्टाई, श्रीप्रसाद पौडेल, नरेन्द्रकुमार अग्रवाल, हेमन्त बस्याल, निरञ्जन फुयाँल रहेको अर्थ मन्त्रालयले गठन गरेको समितिका एक सदस्यले जानकारी दिए ।

उनीहरु मध्येवाट समितिले ३ जनाको नाम छनोट गर्ने र मन्त्रीपरिषद्मा पठाउने जनाएको छ । मन्त्रीपरिषद्ले तीनजना मध्येवाट एकलाई सिइओ नियुक्ती गर्ने समितिका ती सदस्यले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको