Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरण गठन गर्न राजपाको माग

बुधबार, ३२ साउन २०७४, २१ : ५५ मा प्रकाशित

प्राधिकरण गठन गर्न राजपाको माग

अर्थ संसार, काठमाडौँ– विपद्पश्चात्को आवश्यकताको सर्वेक्षण रिपोर्टका आधारमा ‘बाढी प्रभावित क्षेत्र पुनःनिर्माण प्राधिकरण’ गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय जनता पार्टीले माग गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक सकिएपछि राजपाका नेताले प्रधानमन्त्री देउवालाई बाढीपीडितको राहत तथा उद्धारका विषयमा १० बुँदे मागसहितको ज्ञापनपत्र बुझाउनुभएको हो ।

ज्ञापनपत्रमा बाढीपीडितको राहतका लागि सरकारले तत्काल रु २६ अर्ब छुट्याउनुपर्ने, प्रधानमन्त्रीको अध्यक्षतामा सर्वदलीय संयन्त्र निर्माण गर्नुपर्ने, बाढीपछिको पुनःनिर्माणका लागि स्वदेशी तथा विदेशी निकायसँग सहयोगका लागि आग्रह गर्नुपर्ने, दाता सम्मेलन आयोजना गर्नुपर्ने लगायतका माग रहेका छन् ।

राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले ठूलो संख्यामा बाढीपीडितमा अझै बासस्थान, खाद्यान्न र स्वास्थ्य समस्या रहेकाले त्यो समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्री आफैँले बाढीले पु¥याएको दुरवस्था हेरेर आउनुभएको छ, पीडितलाई राहतको व्यवस्था गर्न उहाँलाई गम्भीर हुन आग्रह गर्यौँ ।” रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको