Like us!
Follow us!
Connect us!
Watch us!

सरुवा बढुवामा नेताको फोर्स लगाउनेलाई ठाँउको ठाँउ कारवाही –उर्जा मन्त्री

बुधबार, ३२ साउन २०७४, २१ : ३६ मा प्रकाशित

सरुवा बढुवामा नेताको फोर्स लगाउनेलाई ठाँउको ठाँउ कारवाही –उर्जा मन्त्री

अर्थ संसार, काठमाडौँ– ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले कर्मचारीको सरुवा बढुवामा सोर्स फोर्स लगाउनेलाई ठाँउको ठाँउ कारवाही गरिने बताएका छन् ।

ऊर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शाहीले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको सरुवा बढुवामा नेताका तर्फबाट कर्मचारीको लिस्ट बन्ने प्रवृत्तिको अन्त्यका लागि आफूले कडा कदम चाल्न लागेको बताए ।

उनले नेताका तर्फबाट आउने लिस्ट खारेज गरिने र त्यस्ता कर्मचारीको सरुवा बढुवा समेत नहुने बताए । उनले भने ‘ नेता नेताले लिस्ट बनाएर काम गर्ने प्रवृत्तिको अन्त्य गरिनु जरी छ ।

काम र योग्यताका आधारमा सबै कर्मचारीको समानुपातिक रुपमा कोही कसैलाई पनि अन्याय नहुने गरी काम हुन्छ  ।’

चुहावट नियन्त्रणमा नलाग्ने , भित्र भित्र मिलेमतोमा काम गर्ने र जनतालाई सेवा नदिनेका हकमा समेत कारवाही हुने उनको भनाइ थियो ।

प्राधिकरणले वितरण गरिरहेको विद्युत् मध्ये हाल २३ प्रतिशत चुहवाट भइरहेको जानकारी दिदै उनले आगामी केही समयभित्रै चुहावट १८ प्रतिशतमा झार्नुपर्ने बताए ।

आफूले प्राधिकरणको संरचनागत सुधारका लागि विशेष पहल गरिरहेको बताउँदै उनले जनतालाई केन्द्मा राखेर सेवा सुविधा दिन आफू तयार रहेको बताए ।

मन्त्री शाही ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि मन्त्रालयले विभिन्न कार्ययोजना अगाडि सारेको, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन कार्ययोजनाका साथ काम गरिरहेको उल्लेख गरे ।

आगामी हिउँदमा समेत लोडसेडिङ हुन नदिन मन्त्रालयले विशेष कार्ययोजनाका साथ काम गरिरहेको र लोडसेडिङ हुन नदिन सबै उपाय अपनाइने बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको