Like us!
Follow us!
Connect us!
Watch us!

भर्सटाइल गायिका वर्षा कर्माचार्यको ‘आकाशको तारा’ सार्वजनिक (फोटो र भिडियो सहित )

बुधबार, ३२ साउन २०७४, १७ : २५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं भर्सटाइल गायिका वर्षा कर्माचार्यले केहीदिन अघि मात्रै आफ्नै यू–ट्युवच्यानलमार्फत ‘आकाशको तारा’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।

पछिल्लो समयचलचित्र क्षेत्रमानिकै ब्यस्त संगीतकार हरकुलिशबस्नेतको शब्द तथा संगीत समावेश रहेको गीतको एरेञ्जपनि हरकुलिशले नै गरेका छन् ।

धिरज अधिकारीको निर्देशनतथा सम्पादनमा बनेको म्युजिक भिडियोमा स्वयम् गायिका वर्षासँगै शिव गुरुङले फिचरिङ गरेका छन् ।

म्युजिक भिडियोमामेकअप र कारियोग्राफीपनिगायिका वर्षाले नै गरेकी छन् । प्रकाश राईको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोमागायिका वर्षाको गायनसँगै अभिनयपनिउत्कृष्ट छ ।

२ वर्षअघि नेपालीगीत–संगीतलाई नियाल्दायुवा पुस्ताले रुचाएको एक गीतथियो ‘विस्तारै विस्तारै’ । यो गीतको सफलतासँगै वर्षा कर्माचार्यको नामको अगाडि थपिएको उप–नामथियो, सफलगायिका वर्षा कर्माचार्य । उनै गायिकाकर्माचार्यले नयाँगीतसहितम्युजिक भिडियो ‘आकाशको तारा’ सार्वजनिक गरेकीहुन् ।

हालअमेरिकामा रहेकी गायिका वर्षाले पहिलो गीत जस्तै यो गीतलाई पनिदर्शकले मनपराउने आशा गरेकी छन् ।

‘म सधैं आफ्नो गीतमादर्शकलाई केही फरकपनदिनखोज्छु । यो गीतमापनिदर्शकलाई नयाँपनदिनखोजेकी छु,’ वर्षाले भनिन् ‘विदेशमा बसेरपनि नेपाल र नेपालीगीत÷संगीतिक क्षेत्रलाई विश्वमा परिचित गराउने सोच बनाएकी छु ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको