Like us!
Follow us!
Connect us!
Watch us!

अब टेलिफोनको एउटै टावर विभिन्न कम्पनीले प्रयोग गर्न सक्ने

बुधबार, ३२ साउन २०७४, १७ : ०९ मा प्रकाशित

अब  टेलिफोनको एउटै टावर विभिन्न कम्पनीले प्रयोग गर्न सक्ने

दिनिता लामिछाने

दुरसंचार पुर्वाधार सहप्रयोग नियमावली तयार

अर्थ संसार, काठमाडौं–दुरसंचार पूर्वाधार प्रबर्धन समितिले प्राधिकरणले दूरसञ्चार पूर्वाधारको सह–प्रयोगलाई बढावा दिन नयाँ कम्पनी खोल्न दिने गरी नियमावलीको मस्यौदा तयार गरेको छ ।

दूरसञ्चार प्रर्वाधार सहप्रयोग सम्वन्धी निर्देशिका २०७२ अनुसार नयाँ नियमावली बनाइएको हो । निर्देशिकामा दूरञ्चार पूर्वाधारमा भइरहेको अनावश्यक दोहोरो लगानीलाई न्यून गरी दूरञ्चार सेवा सस्तो बनाउन, पूर्वाधारको विस्तार गरी सेवा सर्वसुलभ बनाउन पूर्वाधार सहप्रयोग आवश्यक रहेको उल्लेख छ ।

नयाँ नियमावलीमा स्वतन्त्र पूर्वाधार प्रयोग अनुमति पत्र खुल्ला गर्ने, पूर्वाधारको सहप्रयोगलाई बाद्यात्मक गर्नेलगायतका ब्यवस्था रहेको दुरसंचार प्राधिकरणका प्रबक्ता मिनप्रसाद अर्यालले बताउनु भयो ।

अहिलेसम्म दूरसञ्चार सेवाप्रदायक आफैले निर्माण गरिरहेका छन् । यसो गर्दा ठूलो लगानी गर्नु पर्ने अबस्था छ । नयाँ पूर्वाधार कम्पनी स्थापना भएपछि त्यसले दूरसंचारका पूर्वाधार बनाएर भाडामा दिन सक्छन् ।

सेवा प्रदायक कम्पनीले एउटै टावरमार्फत आफ्नोआफ्नो सेवा दिन सक्छन् । एउटै पूर्वाधारमार्फत सेवा सस्तो पर्न जान्छ । दुरसंचार नीतिअनुसार पूर्वाधार कम्पनीले कम्तिमा ३ ओटा प्रदायकले सहप्रयोग गर्न सक्ने गरी पूर्वाधार बनाउनु पर्ने ब्यवस्था छ

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको