Like us!
Follow us!
Connect us!
Watch us!

मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर विछ्याईंदै

बुधबार, ३२ साउन २०७४, १७ : ०३ मा प्रकाशित

मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर विछ्याईंदै

दिनिता लामिछाने
अर्थ संसार, काठमाडौं–मुलुकभर गुणस्तरीय दुरसञ्चार सेवा उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरणले देशभरि अप्टिकल फाइवर विच्छ्याउने भएको छ ।

प्राधिकरणले मध्य पहाडी क्षेत्रमा अप्टिकल फाइवर विच्छ्याउने तयारी अन्तिम चरणमा छ । प्राधिकरणले यसका लागि११ अर्ब ५० करोड रकम विनियोजन गरेको छ । यति रकमले मध्यपहाडी लोकमार्गकाको पाँचथर चियो भञ्ज्याङ्गदेखि वैतडीको झुलाघाटसम्म अप्टिकल फाइबर विच्छ्याइने छ ।

दूरसञ्चारको विकास तथा विस्तार गर्न अप्टिकल फाइबर मेरुदण्डका रुपमा रहेको छ । अप्टिकल फाइबर विछयाउन ३ वटा प्याकेज बनाइएको छ । पहिलो प्याकेजमा प्रदेश नम्बर १, २ र ३ मा ५ अर्ब बजेट छुट्याइएको छ ।

त्यस क्षेत्रमा अप्टिकल फाइबर विछ्याउने कामको जिम्मा नेपाल टेलिकमले लिएको छ । यसैगरी प्रदेश नम्बर ४ र ५ का लागि बोलपत्र मूल्यांकनको काम भइरहेको छ ।

यस क्षेत्रमा अप्टिकल फाइबर विछ्याउनतीनवटा प्राप्त भएको जानकारी प्राधिकरणका प्रवक्ता मीन अयालले दिनु भयो । बोलपत्र पेस गर्नेमा युनाइटेड टेलिकम, वल्र्ड लिंक र एनसेल छन् ।

त्यस क्षेत्रमा विस्तारका लागि ३ अर्ब लागत अनुमान गरिएको छ । प्रदेश नम्बर ६ र ७ को लागि ३ अर्ब ५० करोडको लागत अनुमान छ । यसको पनि बोलपत्र आह्वान भइसकेको छ ।

नेपाल टेलिकममले पाँचथरदेखि धादिङ्गको आरुघाटसम्म अप्टिकल फाइबर विच्छ्याउने छ । दोस्रो प्याकेजअन्तर्गत धादिङ्गदेखि रुकुमसम्म विछ्याइने छ । तेस्रो प्याकेजअन्तर्गत रुकुमदेखि झुलाघाटसम्म अप्टिकल फाइबर विच्छ्याउने तयारी छ ।

मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर विछ्याएपछि देशका प्रत्येक जिल्लाका सदरमुकाम, नगरपालिका र विस्तार हुँदै गरेका शहर इन्टरनेट सेवाबाट जोडिने छन् । यसपछि सबै प्रदेशका विद्यालय, गाउँपालिका, कार्यालयहरु, स्वास्थ्य संस्था, सुरक्षा संयन्त्रमा उच्च गतिको इन्टरनेट उपलब्ध हुने छ ।

भौगोलिक अवस्थितिका कारण अप्टिकल फाइवर विच्छ्याउन असम्भव भएका स्थानहरुमा माइक्रो–वेभ लिंक प्रविधिबाट दूरसञ्चार सेवा उपलब्ध गराउने तयारी दुरसंचार प्राधिकरणले गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको