Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजार : नेप्से बढ्यो, कारोबार घट्यो

बुधबार, ३२ साउन २०७४, १६ : ४७ मा प्रकाशित

आजको सेयर बजार : नेप्से बढ्यो, कारोबार घट्यो

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्जेन्ज (नेप्से) आज सामान्य अंकले बढेको छ ।   ३.४ अंकले नेप्से बढ्दा  ७१ करोड  ४३ लाख ५ हजार ५ सय ८४ रुपैयाँको कारोबार भएको छ ।

जम्मा १ सय ५८ कम्पनीको १६ लाख ५४ हजार ९ सय ८३  कित्ता सेयर किनवेच भएको छ ।आज बैंकिङ २.९६ अंक, होटल ७.५५अंक, विकास बैंक ३.२ अंक, ईन्स्योरेन्स ७५.७८ अंक र अन्य २.०३ अंंकले बढेको छ । 

  यता जलविद्युत ८.५५ अंक, फाईनान्स ३.०१ अंक र उत्पादन समुह ५३.१५ अंकले घटेको छ । सामान्य अंकले बढेको बजारमा यस दिन हाम्रो विकास बैंक लिमिटेडमा लगानी गर्ने लगानीकर्ताले आफ्नो आम्दानी ५प्रतिशतले बढाएका छन् ।

त्यसै गरी कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले पनि आफ्नो आम्दानी ५ प्रतिशतले कमाउन सफल भएका छन् ।

यता हिमालय डिस्टिलरी लिमिटेडका लगानीकर्ताले झण्डै १० प्रतिशत र  लक्ष्मी भ्यालु फण्ड –१ मा लगानी गर्ने लगानीकर्ताले आफ्नो आम्दानीको ५ प्रतिशतले गुमाएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको