Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय पाँच सय र हजारको नोट नचल्ने, साट्का लागि १५ दिनको समय

बुधबार, २४ कार्तिक २०७३, ११ : १८ मा प्रकाशित

भारतीय पाँच सय र हजारको नोट नचल्ने, साट्का लागि १५ दिनको समय

अर्थ संसार
काठमाडौं – कालो धनमा रोक लगाउन प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबारदेखि ५०० र १००० को नोट भारतमा नचल्ने घोषणा गरेपछि नेपाली अर्थ बजार प्रभावित हुँदै गएको छ ।  नेपालको सीमाक्षेत्रका सहर बजारदेखि गाउँ तथा राजधानी काठमाडौंमा पनि भारतीय पाँच सय र हजारका नोट प्रयोग गर्ने गरिएको छ । भारतको यो कदमपछि नेपाली व्यवसायीहरु यतिखेर भारतीय नोट साट्न बैंक धाउन थालेका छन् । 
भारतमा कात्तिक २३ गते मध्यरातदेखि रु ५०० र रु १००० को नोट नचल्ने भएको छ । 


एक हजार र पाँच सयका नोट भएका व्यक्तिहरुले ३० डिसेम्बरसम्म बैंकमा जम्मा गरी साट्न सक्ने प्रधानमन्त्री मोदीले बताएका छन् । प्रधानमन्त्री मोदीले राष्ट्रको नाममा एक विशेष सम्बोधन गर्दै भ्रष्टाचार र कालो धनमाथि लगाम लगाउनका लागि निर्णायक लडाईँ जरूरी रहेको बताए ।

यो घोषणापछि २३ गते मध्यरातिबाट ५०० र १००० का सबै पुराना नोट आम लेनदेनका लागि अमान्य मुद्रा मानिनेछ । प्रधानमन्त्री मोदीले यो निर्णयबाट मानिसहरुले आत्तिन जरुरी नरहेको पनि स्पष्ट पारेका छन् । भारतीय सरकारले यी नोटलाई बैंक र डाकघरमा जम्मा गराउने सुविधा दिइएको छ । मोदीले कालो धन र भ्रष्टाचारविरुद्धको सरकारको यो कदममा देशका सबै जनतालाई साथ दिन पनि अपिल गरेका छन् ।

मोदीले भने, ’भारतमा सवा लाख करोड रुपैयाँ भन्दा धेरै कालो धन रहेको छ । जससँग सघर्ष गर्न त्यति सजिलो छैन ।’ उनले भारतमा सम्पत्ति समेत ठूलो सौदाबाजीमा कालोधनको लेनदेन हुने गरेको बताएका छन् । पाँच सय र एक हजार रुपैयाँको नोटलाई साट्नका लागि भारत सरकारले सर्वसाधरणलाई ५० दिनको समय दिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको