Like us!
Follow us!
Connect us!
Watch us!

भेटिएको पाँच लाख सम्बन्धित व्यक्तिलाई फिर्ता

मंगलबार, ३१ साउन २०७४, १८ : १९ मा प्रकाशित

भेटिएको पाँच लाख सम्बन्धित व्यक्तिलाई फिर्ता

अर्थ संसार, काठमाडौँ– के तपाईँले कहिल्यै लाखौँ रुपैँया हराउनुभएको छ ? यदि हराएको भए के गर्नुहुन्छ ? पक्कै पनि तपाईँमा त्यो रकम पाइएला भनेर कमै आशा हुनेछ ।

तर ललितपुरको भैँसेपाटी बस्ने सुजन लामाले हराएको रु पाँचलाख केही घण्टामा फेला पारेपछि खुशीले गद्गद् हुनुभयो ।

लामाले नयाँ सडकको रन्जना ट्रेडर्समा रहेको साथी प्रवीन लामाको पसलबाट पैसा लिएर टेकुतर्फ जाँदै गर्दा मोटरसाइकलमा राखेको रकम हरायो । लामा बाटोमा पुगेर पैसा हेर्दा नभेटेपछि तत्काल रन्जना टेडर्सको साथीलाई फोन गर्नुभयो । रन्जना टेडर्सको साथीले तत्काल महानगरीय प्रहरी वृत्त जनसेवा नयाँ सडकलाई खबर गरे ।

सोही समयमा बाटोमा हिँड्दै गरेको अवस्थामा काठमाडौँ महानगरपालिका–२१ जैसीदेवलमा रहेको ह्युमट महिला समूह (मिसाःपूच) ले रु चार लाख फेला पार्यो । फेला पारेको रकम लिएर महिला समूह जनसेवा आइपुग्यो ।

जनसेवामा आइपुगेको महिला टोलीले जनसेवाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यलाई भेटेर पैसा पाएको खबर गरेपछि लामालाई जनसेवा बोलाएर सिसिटिभी र फुटेजका आधारमा अनुसन्धान गरेर पैसा लामाकै भएको ठहर गरेपछि फिर्ता गरियो ।

वृत्तका प्रमुख आचार्य पाउने व्यक्ति र हराउने व्यक्ति दुवैको फोन आएकाले तत्काल सम्बन्धित व्यक्तिलाई पैसा फिर्ता गर्न सकिएको बताउनुहुन्छ ।

यस्तै हराएको रकममध्ये रु एक लाख महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले फेला पारेको छ । पैसा लिएर हिँड्दै गर्दा छिरलिएको पैसा काममा खटिएका ट्राफिक जवानले फेला पारेका थिए ।

जवानले फेला पारेको रकम महाशाखाको माध्यमबाट लामालाई हस्तान्तरण गरिएको महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

सरकारी जागिर खाने हो ? प्रहरी प्रधान कार्यालले माग्यो ११७२ जना कर्मचारी (विज्ञापनसहित)

सेयर बजारमा रातो ग्रह, नेप्से र कारोबार दुवै घट्यो

नेपाल हाइड्रोको सेयर : तीस करोड बढी आवेदन

यसरी सफल भए कुलमान : प्राधिकरणको आम्दानी १५ अर्ब बढी

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले माग्यो ११०१ जना इन्जिनियर (विज्ञापनसहित)

प्राविधिकलाई स्थाीय रोजगारीको अवसर, प्रहरी प्रधान कार्यालयले माग्यो ९८ जना प्राविधिक (विज्ञापनसहित) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको