Like us!
Follow us!
Connect us!
Watch us!

उपभोक्ताको ढाड सेक्दै तरकारीको भाउ

मंगलबार, ३१ साउन २०७४, १६ : २० मा प्रकाशित

उपभोक्ताको ढाड सेक्दै तरकारीको भाउ

  • अस्मिता साही

अर्थ संसार, काठमाडौं– लगातार बर्षाले ठाँउठाँउमा गएको पहिरोका कारण तरकारी  आयात रोकिएपछि बजारमा तरकारीको एकाएक आकासिएको छ ।

अघिकांश तरकारीको भाउ पछिल्लो दुई सातामा ५० देखि एक सय प्रतिशतसम्म मूल्य बढेको छ । तराईमा बाढिको क्षति, राजधानी  प्रवेश गर्ने सडकमा अवरोध र बर्षाले तरकारीको नष्ट भएपछि मूल्य आकासिएको तरकारी व्यवसायहरु बताउँछन् ।

अभावको मौका छोपी व्यापारीहरुले मनपरी भाउ बढाएका छन् । तरकारीको आयात कमसँगै तरकारीको मूल्य ह्वात्तै बढेकाले भान्छा चलाउन हम्मेहम्मे परेको उपभोक्ताको गुनासो छ ।

खुद्रा पसलमा गोलभेडाको मुल्य ११०,  परबल १२०, आलु (धार्नी) १०० रुपैयाँ नागेको नाघेको छ ।  त्यस्तै काउली, भिन्डी,  घिरैलाको मूल्य पनि ८० देखि १०० नागेको व्यवसायीहरु बताउँछन् ।

बाढीपहिरोका कारण तरकारी राजधानीमा आउन नपाएपछि तरकारीको भाउ बढेको व्यवसायी रामहरी सापकोटाले बताउनुभयो ।  तीन दिनअघि ६०/ ७० रुपैयाँ किलोमा किनेको परबल अहिले १२० रुपैयाँमा किन्न उपभोक्ता बाध्य छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको