Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हाइड्रोको सेयर : तीस करोड बढी आवेदन

मंगलबार, ३१ साउन २०७४, १३ : १८ मा प्रकाशित

नेपाल हाइड्रोको सेयर : तीस करोड बढी आवेदन

अर्थ संसार, काठमाडौँ– नेपाल हाईड्रो डेभलपर कम्पनीले निष्कासन गरेको प्राथमिक शेयरमा दुई दिनमा रु ३० करोड बराबरको आवेदन परेको छ।

एनएमबि क्यापिटलका अनुसार ३२ हजार आवेदनबाट उक्त  रकम बराबरको आवेदन परेको हो ।कम्पनीले रु तीन करोड ९० लाख बराबरको तीन लाख ९० हजार कित्ता शेयर निष्कासन गरेको छ ।

पहिलेको तुलनामा शेयरमा आवेदन गर्ने ’एभरेज’ रकम स्वाट्टै घटेको एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेस घिमिरेले जानकारी दिए।

साधारण लगानीकर्ताको लागि १० कित्ताका दरले ३९ हजार कित्ता शेयर बाँडफाँड गर्न सकिन्छ ।दुई दिनमा ३२ हजार आवेदन परिसकेकोले अब सात हजार कित्ताको भन्दा बढी आवेदन परे सबै लगानीकर्तालाई गोला प्रथामा राखेर शेयर बाँडफाँड गर्नुपर्नेछ ।

दुई दिनको आवेदनले अब पाँच हजार भन्दा बढीको आवेदन नदिनु उपयुक्त हुने देखिएको छ ।  शेयर बुधवारसम्म भर्न सकिने एनएमबी क्यापिटलले जनाएको छ ।

यो पनि पढ्नुहोस्

यसरी सफल भए कुलमान : प्राधिकरणको आम्दानी १५ अर्ब बढी

सरकारी जागिर खाने हो ? प्रहरी प्रधान कार्यालले माग्यो ११७२ जना कर्मचारी (विज्ञापनसहित)

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले माग्यो ११०१ जना इन्जिनियर (विज्ञापनसहित)

प्राविधिकलाई स्थाीय रोजगारीको अवसर, प्रहरी प्रधान कार्यालयले माग्यो ९८ जना प्राविधिक (विज्ञापनसहित) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको