Like us!
Follow us!
Connect us!
Watch us!

डा. गोविन्द केसीको समर्थनमा आयो गीत (हेर्नुस् भिडियो)

मंगलबार, ३१ साउन २०७४, १२ : ४३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै आमरण अनसनमा रहेका डा. गोविन्द केसीको अभियानमा चौतर्फी समर्थन बढ्दो छ । 

यसैबीच एक युवाले  ‘म गोविन्द बन्छु’ बोलको गीत तयार पारेका छन् । अंकित बाबु अधिकारीले आफ्नै रचना, स्वर र संगीतमा गीत तयार पारेर श्रोतामाझ ल्याएका छन् ।

चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आन्दोलनमा रहेका डाक्टर केसीको अनसन २३ दिन पुगेको छ । उनको यो ११ औं पटकको अनशन हो।

रन्जेन झाको संगीत संयोजन रहेको गितलाई आर्टमाण्डुले प्रस्तुत गरेको हो । गीतको लिरिकल भिडियो रञ्जित मानन्धरले बनाएका हुन् । यस्तै भिडियो सम्पादन एसडी योगीले गरेका छन् ।

दबाब दिने योजनासहितका कार्यक्रम, र्‍याली, रिले अनशन लगायत आयोजना भइरहँदा अंकित बाबु अधकारी र युनिटले तयार गरेको यो रचनात्मक समर्थन।

हेर्नुस् ‘म गोविन्द केसी बन्छु’ गीतको लिरिकल भिडियोः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको