Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि तराईमा बैंकिङ सेवा सुचारु

मंगलबार, ३१ साउन २०७४, ०८ : ४४ मा प्रकाशित

आजदेखि तराईमा बैंकिङ सेवा सुचारु

अर्थ संसार, काठमाडौं– तराई क्षेत्रका बैंक तथा वित्तीय संस्थाले मंगलबार (आज) देखि नियमित सेवा दिने बताएका छन् ।

निरन्तर वर्षाका कारण आएको बाढीले तराई क्षेत्रको वित्तीय सेवा केही दिनयता प्रभावित भएको छ । बैंक तथा वित्तीय संस्थाले आइतबार पनि बैंकिङ सेवा प्रदान गर्न सकेनन् । सोमबार सार्वजनिक बिदाका कारण बन्द रहे पनि सेवा दिनुपरेको खण्डमा सक्ने अवस्था थिएन ।

पूर्वी तराईमा कृषि विकास बैंकका केही शाखाहरूले सेवा प्रदान गर्न नसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले बताए ।

“बैंकको काउन्टरमा पानी पसेको छ भने केहीको ढुकुटी नै अन्यत्र सार्नुपरेको अवस्था छ,” उनले भने, “विराटनगर शाखाबाट पैसा नै सार्नुपरेको छ ।” त्यसैगरी पश्चिम तराईमा पनि केही शाखाले सेवा दिन नसकेको उनले बताए । विद्युत् आपूर्ति अवरुद्ध भएकाले समस्या भएको उनको भनाइ छ । मंगलबारसम्ममा वर्षामा कमी आएको खण्डमा नियमित सेवा दिन सकिने उनले बताए ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बाढीका कारण समग्र तराई नै समस्यामा परेको अवस्थामा बैंकिङ सेवा पनि प्रभावित हुनु स्वाभाविक भएको बताए । आइतबार तराईमा बैंकिङ कारोबार नभएको बताउँदै पण्डितले भने, “बैंकहरूका शाखामा समस्या आएको खण्डमा तत्कालका लागि अर्को विकल्प छैन ।”

एक दिन बैंकिङ कारोबार नहुँदा पनि ठूलो समस्या नआउने भएकाले आजको भोलि नै बैंकिङ सेवाको विकल्प नभएको उनको तर्क छ । वर्षा कम हुँद  गएको हुनाले मंगलबारसम्ममा बैंकिङ सेवा उपलब्ध हुन सक्ने सम्भावना रहेको पण्डितले बताए ।

तराईको बाढीका कारण बैंक तथा वित्तीय क्षेत्रमा कति असर गरेको छ भन्ने पूर्ण विवरण आईनसकेको उनले जनाकारी दिए । “बैंकका शाखामा बाढी पसेपछि ढुकुटी तथा कम्प्युटर भिजेको खण्डमा भोलि (मंगलबार) पनि सेवा दिन सम्भव नहोला,” उनले भने, “विद्युत्, इन्टरनेट, अन्य पूर्वाधार तथा ढुकुटीमा नै समस्या आएको खण्डमा अर्को विकल्प छैन ।”

शुक्रबारदेखिको वर्षाका कारण तराईका अधिकांश जिल्ला डुबानमा परेका कारोबार दैनिकमा समाचार छ ।  प्रभावित क्षेत्रमा आवास, कृषि बाली, सडक, विद्युत्, टेलिफोन, उद्योगधन्दा आदिमा व्यापक क्षति पुगेको छ ।

यो पनि पढ्नुहोस्

सरकारी जागिर खाने हो ? प्रहरी प्रधान कार्यालले माग्यो ११७२ जना कर्मचारी (विज्ञापनसहित)

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले माग्यो ११०१ जना इन्जिनियर (विज्ञापनसहित)

प्राविधिकलाई स्थाीय रोजगारीको अवसर, प्रहरी प्रधान कार्यालयले माग्यो ९८ जना प्राविधिक (विज्ञापनसहित) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको