Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सुरक्षा ऐनमा श्रमिक अधिकार

सोमबार, ३० साउन २०७४, २० : ४३ मा प्रकाशित

सामाजिक सुरक्षा ऐनमा श्रमिक अधिकार

अर्थ संसार, काठमाडौँ– योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा श्रमिकलाई औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजनालगायत सुविधाको व्यवस्था गरिएको छ ।

यही साउन ९ गते व्यवस्थापिका–संसद्मा पारित भई आइतबार राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको सो विधेयकमा अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजना र कोषले तोकेको अन्य सामाजिक सुरक्षा योजनाको व्यवस्था गरिएको छ ।

नेपाल ट्रेड युनियन काँग्रेसले यहाँ आज आयोजना गरेको अन्तक्र्रियाका सहभागी वक्ताले लामो समयको प्रयासपछि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्याउन सकिएकोमा खुशी व्यक्त गर्दै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले श्रमिकलाई सेवा सुविधा उपलब्ध गराउनका लागि नयाँ ऐनले मार्ग प्रशस्त गरेको बताउनुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहाल, काँग्रेसका नेताद्वय पुस्कर आचार्य र भरतबहादुर कुँवरले सामाजिक ऐनसँग जोडिएका मजदुरका थप अधिकारका विषयवस्तुलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा कार्यान्वयनमा चुनौती रहेकाले आवश्यकताअनुसार संशोधन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको