Like us!
Follow us!
Connect us!
Watch us!

एमालेबाट ‘प्राकृतिक विपत्ति कोष’ स्थापित

सोमबार, ३० साउन २०७४, १९ : ५९ मा प्रकाशित

एमालेबाट ‘प्राकृतिक विपत्ति कोष’ स्थापित

अर्थ संसार, काठमाडौँ– नेकपा (एमालें) ले बाढी पहिरोपीडितलाई राहत तथा सहयोग उपलब्ध गराउन ‘प्राकृतिक विपत्ति राहत कोष’ स्थापना गर्ने निर्णय गरेको छ ।

एमाले केन्द्रीय सचिवालयको आजको बैठकले कृषि विकास बैंक, कालीमाटी शाखामा रहेको ०२१०३००७१७९१७ खाता नं मा रकम संकलन गर्ने निर्णय गरेको हो । बैठकले केही दिनदेखि देशका विभिन्न भागमा परेको अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण सयौँले जीवन गुमाउनुपरेकामा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

बाढीमा परी बेपत्ताको शीघ्र खोजी गर्न तथा घाइतेको उपचारको व्यवस्था गर्न बैठकले सरकारसमक्ष माग गरेको छ । बैठकले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा केन्द्रीय उद्धार, राहत तथा पुनःस्थापना समिति स्थापना गर्ने निर्णय गरेको छ । समितिमा केन्द्रीय सचिवालय सदस्य, प्रभावित जिल्लाका पार्टी, मोर्चा संगठन, सम्पर्क कमिटी र मञ्च तथा स्थानीय तहका जननिर्वाचित प्रतिनिधिलाई समावेश गरिने छ ।

बैठकले बाढीपहिरो र डुबानबाट मृत्यु भएका परिवारलाई प्रतिमृतक रु पाँच लाख सहयोग उपलब्ध गराउन तथा तत्काल आवास तथा अन्य राहतका लागि प्रतिपरिवार रु एक लाख सहयोग उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ । बाढीपहिरो र डुबानबाट आवास गुमाएका जनताका लागि तत्काल आवास निर्माण गर्न रु तीन लाख अनुदानका साथै रु तीन लाख निव्र्याजी ऋण प्रदान गर्ने व्यवस्था गर्न पनि सरकारसमक्ष माग गरिएको छ ।

बैठकले राज्य, निजी क्षेत्र र अन्य विभिन्न पक्षबाट सञ्चालन भएका उद्धार, राहत तथा पुनःनिर्माणका कामको अनुगमनका लागि ‘उच्चस्तरीय संसदीय अनुगमन समिति’ गठन गर्न सरकारसमक्ष आग्रह गरेको पार्टीका प्रचार तथा प्रकाशन विभाग योगेश भट्टराईले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको