Like us!
Follow us!
Connect us!
Watch us!

टेलिकमले सत्र प्रतिशत ग्राहक थप गर्ने

सोमबार, ३० साउन २०७४, १६ : ३५ मा प्रकाशित

टेलिकमले सत्र प्रतिशत ग्राहक थप गर्ने

अर्थ संसार, काठमाडौँ– मुलुकको दूरसञ्चार बजारमा देखिएको प्रतिस्पर्धात्मक वातावरणमा बजार हिस्सा अभिवृद्धि गर्नुका साथै सेवाको गुणस्तर सुदृढ गर्ने कार्यलाई प्राथमिकता दिन नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०७४÷७५ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।

उपभोक्ता वर्गको अपेक्षाअनुरूप दूरसञ्चार सेवा प्रदान गर्ने कार्यलाई प्राथमिकता दिन चालु आवमा विभिन्न कार्यक्रममार्फत टेलिकमले आफ्नो सेवा विस्तारतर्फ १७ प्रतिशत ग्राहक थप गर्ने लक्ष्य लिएको छ । कम्पनीको सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणका लागि करिब रु २२ अर्ब पूँजीगत लगानी गर्ने योजना रहेको टेलिकमले जनाएको छ ।

सत्र प्रतिशत ग्राहक थप गर्ने उद्देश्यअनुरूप टेलिकमले चालु आवमा मुलुकभर गुणस्तरीय जिएसएम सेवा उपलब्ध गराउने लक्ष्यसहित एक वर्षभित्र एक करोड जिएसएम प्रोजेक्टअन्तर्गतका कार्य सम्पन्न गर्ने भएको छ । सो सेवाबाट मुलुकका अति विकट तथा दुर्गम स्थानमा समेत जिएसएम सेवा विस्तार हुने टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिनुभयो ।

हालसम्म पुरानो प्रविधिमा आधारित ल्याण्डलाइन सेवाबाट सञ्चालित आधारभूत टेलिकम सेवा ९पिएसटिएन० मध्ये काठमाडौँमा १४ वटा तथा काठमाडौँ बाहिरका क्षेत्रमा १५ वटा एक्स्चेन्जमा जम्मा ३९ हजार ३३६ लाइनलाई नयाँ प्रविधिमा प्रतिस्थापन गरी केही समयभित्रै कुल एक लाख ३४ हजार लाइन क्रमिकरूपमा प्रतिस्थापन गर्दै लैजाने टेलिकमले जनाएको छ ।

त्यसैगरी टेलिकमले चालु आवमा इन्टरनेट सेवाको माग बढ्दै गएकाले आगामी दिनमा डाटा सेवाको विस्तार गर्न वायरलाइन तथा मोबाइल डाटा सेवालाई अझ बढी सुविधा र सहजताका लागि ग्राहक माझ प्रस्तुत गर्ने भएको छ । “ग्राहकको चाहनाअनुरूप नयाँ–नयाँ डाटा प्याकेज बजारमा ल्याई डाटा सेवाबाट कम्पनीको आम्दानी बढाउन पहल हुनेछ,” राजभण्डारीले भन्नुभयो, “मोबाइल डाटा सेवातर्फ विभिन्न सेवा शुरु भइसकेको र भविष्यमा अन्य सेवासमेत शुरु गर्नुका साथै मोबाइल वित्तीय सेवा यथाशीघ्र शुरु गर्न गृहकार्य भइरहेको छ ।”

दूरसञ्चार पूर्वाधार निर्माणतर्फ भने ग्रामीण दूरसञ्चार कोषमार्फत पहाडी जिल्लामा अप्टिकल फाइवर परियोजना कार्यान्वयनका क्रममा रहेको छ । टेलिकमले वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालमा फ्री वाइफाई सञ्चालन गरेको छ । सबै सेवामा ग्राहकको गुनासो, इन्क्वारी, जानकारीलाई एकीकृत गरी छिटो तथा सरलरूपमा सेवा प्रदान गर्न अत्याधुनिक ग्राहक सम्पर्क कक्ष सञ्चालनलाई विस्तारित र प्रभावकारी बनाउने टेलिकमको योजना छ ।

आगामी छ महिनाभित्रमा देशभरि दूरसञ्चारको सम्पूर्ण सेवालाई एकद्वारमुखी ग्राहक सेवा प्रणाली ग्राहक सम्बन्ध व्यवस्थापनमार्फत प्रदान गरिने राजभण्डारीको भनाइ छ । चालु आवमा टेलिकमको आम्दानी रु ४४ अर्बभन्दा बढी हुने अनुमान गरिएको छ भने करपछिको मुनाफा रु १५ अर्बभन्दा बढी हुने अपेक्षा गरिएको छ । विसं २०७४ जेठ मसान्तसम्ममा कम्पनीको टेलिफोन ग्राहक आधार एक करोड ७४ लाख ४२ हजार ९२२ रहेको छ । इन्टरनेट ग्राहक आधार २०७४ जेठसम्ममा ८३ लाख ९५ हजार पुगेको छ ।

आव २०७३÷७४ मा कम्पनीको भोवाइस सेवाको ग्राहक आधार १७ प्रतिशत वृद्धि भई टेलिघनत्व ६२ प्रतिशत पुगेको छ । डाटा सेवाका ग्राहक ११ प्रतिशतले वृद्धि भई डाटा घनत्व करिब ३० प्रतिशत पुगेको छ । टेलिकमले पछिल्लोपटक देशका विभिन्न स्थानमा बाढी पहिरोबाट पीडित भएकाको उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग पु¥याउनका लागि आइतबारदेखि मंगलबारसम्म आफ्नो नेटवर्कभित्र निःशुल्क एसएमएस सेवासमेत उपलब्ध गराउने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको