Like us!
Follow us!
Connect us!
Watch us!

जागिरको खोजीमा हुनुहुन्छ ? समताले ल्यायो अवसर

मंगलबार, २३ कार्तिक २०७३, १५ : ०१ मा प्रकाशित

जागिरको खोजीमा हुनुहुन्छ ? समताले ल्यायो अवसर

अर्थ संसार

काठमाडौं–नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त संस्था समता माइक्रोफाइनान्स वित्तिय संस्थाले वरिष्ठ प्रबन्धक, कनिष्ठ अधिकृत, वरिष्ठ शाखा अधिकृत, शाखा अधिकृत, फिल्ड सुुपरभाइजर, सह फिल्ड सुुपरभाइजर र प्रशिक्षार्थीलगायतका पदमा केही कर्मचारी माग गरेको छ । वित्तिय संस्थाले १ जना वरिष्ठ प्रबन्धक मागेको हो । यस पदमा वाणिज्य शास्त्रमा स्नातकोत्तर गरी विभिन्न क्षेत्रमा ५ वर्षको अनुुभव वा वाणिज्य शास्त्रमा स्नातक गरी विभिन्न क्षेत्रमा १० वर्षको अनुुभव तोकेको छ । 

यस्तै कनिष्ठ अधिकृतको लागि प्रमाणपत्र तह उत्तीर्ण वा+ २ उत्तीर्ण गरी लघुुवित्तमा ४ वर्षको अनुुभव वा स्नातक उत्तीर्ण गरी लघुुवित्तमा २ वर्षको अनुुभव तोकेको छ । त्यसै गरी वरिष्ठ शाखा अधिकृतको लागि प्रमाणपत्र तह वा+ २ उत्तीर्ण गरी लघुुवित्तमा २ वर्षको अनुुभव तोकेको छ । यसरी नै शाखा अधिकृतको लागि प्रमाणपत्र तह वा+ २  उत्तीर्ण गरी लघुुवित्त वा सहकारीमा १ वर्षको अनुभव तोकेको छ ।

यसरी नै फिल्ड सुुपरभाइजरको लागि एसएलसी उत्तीर्ण गरी लघुुुवित्तमा २ वर्षको अनुुभव वा प्रमाणपत्र तह वा+ २ उत्तीर्ण गरी कम्प्युुटर सम्बन्धी ज्ञान भएको हुुनुुपर्नेछ । त्यसरी नै सह फिल्ड सुुपरभाइजरको लागि एसएलसी उत्तीर्ण गरी लघुवित्तमा १ वर्षको अनुुभव वा प्रमाणपत्र तह वा+ २ उत्तीर्ण गरी कम्प्युुटर सम्बन्धी ज्ञान भएको हुुनुुपर्नेछ । प्रशिक्षार्थीको लागि एसएलसी पास गरेको हुुनुुपर्ने भनी तोेकेको छ । 

वित्तिय संस्थाले प्रबन्धक पदका लागि ३० वर्ष पूरा भई ४५ वर्ष ननाघेको र अन्य सबै पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुुपर्नेछ भनी तोकेको छ । संस्थाले विज्ञापन प्रकाशित भएको ७ दिन भित्र व्यक्तिगत विवरण संस्थाको इमेल ठेगाना [email protected]  मा पठाउन अनुुरोध गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको