Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंक नेपालको मुनाफामा छलाङ्ग, कमायो ६६ करोडमाथि

आइतबार, २९ साउन २०७४, ११ : ३० मा प्रकाशित

जनता बैंक नेपालको मुनाफामा छलाङ्ग, कमायो ६६ करोडमाथि

अर्थ संसार, काठमाडौं– जनता बैंक नेपाल लिमिटेडले मुनाफा आर्जनमा छलाङ्ग मारेको छ ।  बैंकले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्ममा आईपुग्दा खुद मुनाफा ६४ करोड १८ लाख रुपैयाँ आर्जन गरेको  छ ।

सिद्दार्थ डेभलपमेन्ट बैंकलाई गाभेको यस बैंकले अघिल्लो वर्षको चौथो त्रैमासमा मुनाफा १३ करोड ३६ लाख रुपैयाँ कमाएको थियो । ६ अर्ब ९९ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा १ अर्ब ८२ करोड १९ लाख रुपैयाँ राखेको छ ।

पूजा दाहाल न्यौपानेको उज्यालो यात्रा : बन्दैछ ७५ मेगावाटको त्रिशुली गल्छी आयोजना

बैंकको निक्षेपमा १०१ दशमलव ८२ प्रतिशत वृद्धि गरी ४८ अर्ब ५७ करोड ४९ लाख रुपैयाँ संकलन गरेर कर्जा प्रवाहमा ४५ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनाभन्दा १२५ प्रतिशतले वृद्धि गरेको हो ।

त्यस्तै खुद व्याज आम्दानी ५३ दशमलव ०१ प्रतिशतले बढेर १ अर्ब १४ करोड ३७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २ सय ६७ दशमलव ०८ वृद्धि गरी ५९ करोड १९ लाख रुपैयाँ पुर्याएको छ । बैंकले प्रोभिजनमा १७ करोड ७९ लख रुपैयाँ राखिएको छ भने ४१ करोड ८ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।

जनता बैंकको चौथो त्रैमासमा प्रतिशेयर आम्दानी ९ दशमलव १८ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ३१ गुणा, प्रति शेयर नेटवर्थ १ सय २६ दशमलव ०५ रुपैयाँ, तरलता अनुपात २३ दशमलव ५६ प्रतिशत रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको