Like us!
Follow us!
Connect us!
Watch us!

भीमफेदीमा पहिरोले घर पुर्दा महिलाको मृत्यु

शनिबार, २८ साउन २०७४, २० : १४ मा प्रकाशित

भीमफेदीमा पहिरोले घर पुर्दा महिलाको मृत्यु

अर्थ संसार, हेटौँडा– मकवानपुरको भीमफेदी गाउँपालिका–८ मा आज बिहान पहिरोले घर पुर्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

पहिरोले स्थानीय श्रीकृष्ण दानीको घर पुर्दा उनकी श्रीमती मिठु दानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

उक्त घटनामा छिमेकी रुपा खड्का सामान्य घाइते भई स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

यसैबीच, अविरल वर्षापछि आएको बाढीले त्रिभुवन राजपथ बन्द भएको छ ।

उक्त राजमार्गको हेटौँडा–बागडोरामा बाढीले सडक बगाउँदा यातायात अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध भएपछि दुवैतर्फ ठूलो संख्यामा यातायातका साधन बीच बाटोमै रोकिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको