Like us!
Follow us!
Connect us!
Watch us!

रुपन्देही जिससमा एमाले–फोरम गठबन्धन विजयी

शनिबार, २८ साउन २०७४, २० : ०६ मा प्रकाशित

रुपन्देही जिससमा एमाले–फोरम गठबन्धन विजयी

अर्थ संसार, बुटवल– जिल्ला समन्वय समिति रुपन्देहीमा एमाले र संघीय समाजवादी फोरम नेपालको गठबन्धन विजयी भएको छ ।

जिससको आज भएको निर्वाचनमा प्रमुखमा एमाले–फोरम गठबन्धनका एकराज विश्वकर्मा ९एमाले० र उपप्रमुखमा पनि गठबन्धनकै पशुपतिप्रसाद यादव (फोरम) विजयी हुनुभएको छ ।

प्रमुखमा विश्वकर्माले २७ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस–नेकपा ९माओवादी केन्द्र० गठबन्धनका विष्णुप्रसाद बस्यालले ५ मत प्राप्त गर्नु भएको थियो ।

त्यस्तै उपप्रमुखमा फोरम नेपालका यादवले २४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेस–माओवादी गठबन्धनका सदावृक्ष तेलीले ८ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी सदस्यमा पनि एमाले–फोरम गठबन्धनले नै जितेको छ । जिल्ला समन्वय समितिको महिला सदस्यमा जमुना लम्साल, ज्ञानु विक र सरोजा कुमारी बढई निर्वाचित हुनु भएको छ ।

यस्तै दलित तथा अल्पसंख्यक सदस्यमा फोरम नेपालका छोटे चमार, खुल्ला सदस्यमा एमालेका तर्फबाट कविराम अर्याल र खेमप्रसाद लुईंटेलले, फोरम नेपालका रियाज अहमद बिजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

विजयी प्रमुख, उपप्रमुख तथा सदस्यले आजै शपथ लिएका छन् । रुपन्देहीमा १६ स्थानीय तहका ३२ प्रतिनिधिले मतदान गरेका थिए । त्यसमध्ये पाँच महिला सदस्य, तीन खुल्ला सदस्य र दुई दलित सदस्यमा मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको