Like us!
Follow us!
Connect us!
Watch us!

पैसा कमाउन विदेशिनु पर्दैन

शनिबार, २८ साउन २०७४, १५ : ३१ मा प्रकाशित

पैसा कमाउन विदेशिनु पर्दैन

अर्थ संसार, काठमाडौँ– पैसा कमाउन विदेश नै जानुपर्छ रु उच्च शिक्षा हासिल गरेर जागिर नै खानुपर्छ रु वा ठूलाठूला व्याापार व्यवसायमै लाग्नुपर्छ रु भन्ने होइन ।” जानेकै सीपलाई प्रयोग गरेर राम्रो आम्दानी गर्न सिकिन्छ भन्ने उदाहरण सिकन्दरकुमार ठाकुरले प्रस्तुत गरेको छ ।

शंकरदेव क्याम्पसबाट वाणिज्य विषयमा स्नातकोत्तर तहको शोधपत्र ९ थेसिस० लेख्नमा व्यस्त हुने उनी कपाल काट्ने व्यवसायबाट राम्रो आम्दानी गर्ने गरेको छ ।

“बुबाले कालोपुलस्थित हाम्रो सैलुन सञ्चालनमा ल्याएको तीन दशक बित्न लाग्यो, नौ वर्षको उमेरदेखि नै बुबासँगै आफूले पनि कैँची चलाउन सिकेँ र यो सँगै आफ्नो पढाइलाई पनि निरन्तरता दिँदै गएको छु ।” प्रशन्न मुद्रामा ठाकुरले भन्नुभयो ।

अहिले उहाँ २८ वर्षको हुनुभएको छ । रु एक लाख राशिको उद्यमशीलता पुरस्कार आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त गरेपछि उहाँ खुसीले गदगद् हुनुभएको छ । पुरस्कार पाएपछि खुसीले उहाँ भन्नुभयो– “मैले सोचेको पनि थिइनँ, यति छिट्टै पुरस्कार प्राप्त गर्छु ।”

बुबा र छोराका साथै अन्य तीनजना पनि सैलुनमा काम गर्छन् । “चार हजारसम्म दैनिक आम्दानी हुन्छ, किन विदेश जानुपर्यो, यही केही गर्न सकिन्छ”, ठाकुरले भन्नुभयो ।

शोधपत्र बुझाएपछि यही व्यवसायलाई अझ व्यवस्थित र विस्तार गर्ने सोचाइमा उहाँ हुनुुहुन्छ । उच्च शैक्षिक योग्यता हासिल गरेर सैलुन सञ्चालनमार्फत युवामा श्रमप्रति सम्मान र उत्प्रेरणा जगाउने कार्यबापत राष्ट्रपतिले उहाँलाई सो पुरस्कारबाट सम्मान गर्नुभएको हो ।

“आँट हुनुपर्छ, आँटले नै व्यक्तित्व बनाउँछ । अपांगले के गर्न सक्दैन रु सीतानारा थारु भन्दै हुनुहुन्थ्यो । उहाँको कम्मरमुनिको शरीर चल्दैन । ह्विल चियर प्रयोग गर्नुहुन्छ तर उहाँ आफू अपांग भएर पनि सपांगलाई ज्ञान र सीप बाँड्न तल्लिन हुनुहुन्छ ।

बेलौरी नगरपालिका–६ कञ्चनपुरमा थारु समुदायका महिलालाई उद्यमशील बनाउन कल्पना सिलाइ केन्द्र सञ्चालनमा ल्याउनुभएको छ ।

“अपांग भएपछि लाागेको वचनरुपी घाउलाई मलमपट्टि लगाउन सिलाइ केन्द्र खोलेको हुँ । हाल केन्द्रमा १५ जनाले सिकाइ, कटाइ तथा बुनाइ सिकिरहेका छन्, पाँचजनालाई त रोजगारी नै दिएकी छु”, उहाँले भन्नुभयो ।

शारीरिक अपांगता भएर पनि उद्यमशील बनेर फरक फरक क्षमतालगायतका युवालाई प्रेरणा र मनोबल उच्च बढाएकाले उहाँलाई पनि राष्ट्रपति भण्डारीले रु एक लाखको राािष्ट्रय युवा प्रतिभा सम्मान प्रदान गर्नुभएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको