Like us!
Follow us!
Connect us!
Watch us!

दरमखोला लघुजलविद्युत् परियोजना अवरुद्ध

शनिबार, २८ साउन २०७४, १४ : ४७ मा प्रकाशित

दरमखोला लघुजलविद्युत् परियोजना अवरुद्ध

अर्थ संसार, वामी (गुल्मी) –मुसिकोट नगरपालिकाको वडा नं ७ स्थित दरमखोला लघुजलविद्युत् परियोजनाको नहर पहिरोले बगाएपछि आज बिहान परियोजना अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण बसेरीमा झण्डै २०० मिटरमाथिबाट खसेको पहिरोले नहरको बाँध भत्काएर पुरेको हुँदा विद्युत् अवरुद्ध भएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिनुभयो ।

विद्युत् नहरको निर्माणकार्य तथा मर्मत संहार गरी सञ्चालन गर्न अझ केही दिन लाग्ने उहाँले बताउनुभयो ।

८५ किलोवाट क्षमता भएको सो विद्युत् परियोजना अवरुद्ध भएसँगै नगरपालिकाको वडा नं २, ७, ८ र छिमेकी जिल्ला बागलुङको वडिगाड गाउँपालिकाको वडा नं ३ गरी चार वडाका ९०० घरधुरीका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ।

विद्युत् अवरुद्धपछि कलकारखाना उद्योगधन्दा, सञ्चार क्षेत्र प्रभावित भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको