Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको २ अर्ब बढीको सेयर बजारमा आउँदै

शनिबार, २८ साउन २०७४, ११ : ३९ मा प्रकाशित

मेगा बैंकको २ अर्ब बढीको सेयर बजारमा आउँदै

अर्थ संसार, काठमाडौं मेगा बैंकले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंक हकप्रद सेयर निष्काशनको लागि नेपाल धितोपत्र बार्डबाट अनुमति पाएको छ ।

बैंकले  बैंकले १०० रुपैंया अंकित २ अर्ब ९७ करोड ८५ लाख ३ हजार ४६३ रुपैयाँको अर्थात् २ करोड ९७ लाख ८५ हजार ३४.६३ कित्ता हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको हो ।

राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बैंकले हकप्रदको बाटो रोजेको हो । मेगाको अहिलेसम्म चुक्ता पुँजी ४ अर्ब ५८ करोड २३ लाख १३ हजार रुपैयाँ छ । यसमा ६५ प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पुँजी ७ अर्ब ५० करोड रुपैयाँभन्दा बढी हुनेछ ।

बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड
यसमा बिक्री प्रबन्धकको काम नलिब इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले गर्नैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको