Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एसिया बैंकले २१ प्रतिशत बोनस दिने

शुक्रबार, २७ साउन २०७४, २१ : ४२ मा प्रकाशित

एनआईसी एसिया बैंकले २१ प्रतिशत बोनस दिने

अर्थ संसार, काठमाडौं - आफ्नो सेयरधनीलाई एनआईसी एशिया बैंकले २१ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिको बैठकले आर्थिक बर्ष २०७३/७४ को नाफाबाट उक्त बोनस सेयर दिने निर्णय गरेको हो ।

बोनस सेयर स्वीकृतिका बैंकले तत्कालै नेपाल राष्ट्र बैंक पठाउने भएको छ । राष्ट्र बैंकबाट स्वीकृति भएर आएपश्चात बैंकको २० औं वार्षिक साधारण सभाले अनुमोदन गराएर उक्त बोनस वितरण गरिने बैंकले जानकारी दिएको छ । साथै बैंकले कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांस समेत दिने भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको