अर्थ संसार, काठमाडौँ– सानिमा माई हाइड्रोपावरले निष्कासन गरेको हकप्रद शेयर आजबाट बिक्री खुल्ला गरेको छ ।
सानिमा माईले साउन ९ गतेसम्म कायम भएका शेयरधनीहरुकालागि एक शेयर बराबर एकको अनुपातमा बिक्री खुल्ला गरेको हो।
कम्पनीले आजदेखि भदौ २९ गतेसम्म हकप्रद शेयरको निष्कासन तथा बिक्री खुल्ला गरेको कम्पनीको निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ।
कम्पनीको हकप्रद आवेदनकालागि सनराइज क्यापिटल कमलपोखरी, सानिमा बैंकका शाखा कार्यालयहरु उपत्यकाभित्र चुच्चेपाटी, कलंकी, कुमारीपाटी, न्यूरोड, सूर्यविनायक तथा उपत्यका बाहिर विराटनगर, विरगंज, विर्तामोड, बुटवल, दमक, धरान, लाहान, नारायणगढ, नेपालगंज र पोखराबाट पाइने सनराइज क्यापिटलले जनाएको छ ।कम्पनीले हकप्रद निष्कासन गरेसँगै चुक्ता पूँजी रु दुई अर्ब ११ करोड पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस