Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बङ्गलादेश बैंकले कमायो एक अर्ब २० करोड नाफा

शुक्रबार, २७ साउन २०७४, १३ : १५ मा प्रकाशित

नेपाल बङ्गलादेश बैंकले कमायो  एक अर्ब २० करोड नाफा

अर्थ संसार, काठमाडौं– नेपाल बङ्गलादेश बैंक एक अर्ब २० करोड  नाफा कमाएको छ । सोही अवधिमा गत बर्ष  वर्ष १ अर्ब १९ करोड ८२ लाख रुपैयाँ थियो ।

यो नाफा अघिल्लो वर्षको तुलनामा गत आवमा शून्य दशमलव १७ प्रतिशत मात्रै रहेको छ ।यो बैंकले गत असार मसान्तसम्ममा ४३ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३७ अर्ब ४६ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले गरेको लगानी ७ अर्ब ९९ करोड रुपैयाँ छ ।

यसको सीसीडी रेसियो ६९ दशमवल ३६ प्रतिशत रहेको छ ।यो बैंकले गत असार मसान्तसम्मको चुक्ता पुँजी ७ अर्ब २१ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा ३ अर्ब ४९ करोेड रुपैयाँ छ ।

यो बैंकको प्रति सेयर आम्दानी २८ रुपैयाँ छ । यसको खराब कर्जा शून्य दशमलव ७६ प्रतिशत छ । यो बैंकको नेटवर्थ प्रति सेयर १४८ रुपैयाँ रहेको पनि उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको