Like us!
Follow us!
Connect us!
Watch us!

सत्तारुढ दल र राजपाबीच के भयो त्यस्तो सहमति

शुक्रबार, २७ साउन २०७४, ११ : ५९ मा प्रकाशित

सत्तारुढ दल र राजपाबीच के भयो त्यस्तो सहमति

अर्थ संसार, काठमाडौं– बालुवटारमा सत्तारुढ दल र राजपावीचको वार्तामा सहमति जुटेको छ । यो सहमतिले अव मधेशमा राजपासहितको चुनाव करिव करिव सुनिश्चत गरेको छ ।

राजपा नेताहरुले सरकारलाई संविधान संशोधन विधेयक निर्णायर्थ पेश गर्न आग्रह गरेअनुसार सरकारले आइतबारै सो विधेयक निर्णायर्थ पेश गर्ने सहमति भएको गृहमन्त्री जनादर्न शर्माले जानकारी दिए ।
 
त्यस्तै छलफलमा जनआन्दोलन र जनयुद्धका घाइते तथा शहिदलाई बराबर क्षतीपुर्ति दिने सहमति पनि भएको छ ।
 
त्यसैगरी राजपाका नेता कार्यकर्तामाथि लगाएको मुद्धा फिर्ता र फैसला भएको मुद्धाको विगो पनि सरकारले लिने सहमति भएको गृहमन्त्री शर्माले बताए ।  यो सहमतिसँगै राजपा नेपाल असोज २ मा हुने २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा सहभागि हुने निश्चित भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको