Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्त कम्पनीमा लगानी गर्दा नाफा कि घाटा, हेर्नुहोस नागबेली लघुवित्तको कम्पनी बिश्लेषण

शुक्रबार, २७ साउन २०७४, ०८ : ५५ मा प्रकाशित

लघुवित्त कम्पनीमा लगानी गर्दा नाफा कि घाटा,  हेर्नुहोस नागबेली लघुवित्तको कम्पनी बिश्लेषण

कम्पनीका महत्वपूर्ण अनुपात :-


व्यवस्थापन समूह :-

अध्यक्ष : दिप बहादुर श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत : कुमार याक्सो
प्रधान कार्यालय : विर्तामोड, झापा
शाखा : १०
वेबसाइट :www.nagbelibank.com
स्टक टिकर : एनविविएल

मैनबत्ती विश्लेषण :-
 

                                                                                    ११ मे  २०१७                                    १० अगष्ट  २०१७
स्ट्याण्डर्ड डेभिएसन :-
 

                                                                                       ११ मे  २०१७                                    १० अगष्ट  २०१७

आरएसआई :-


                                              ११ मे  २०१७                                    १० अगष्ट  २०१७
मुभिङ् एभरेज :-

                                                              ११ मे  २०१७                                    १० अगष्ट  २०१७
 

प्राविधिक विश्लेषण :-

  • डमैनबत्ती बिश्लेषण : कम्पनीको ५८ दिनको कारोबारको अन्तिम दिनमा ह्याम्मर आकृति बनेको छ । यसले आगामी दिनमा शेयर मूल्य बढ्ने सङ्केत गर्दछ ।

  • आरएसआई : कम्पनीको ५८ दिनको कारोबारमा आरएसआइ न्यूट्रल जोन ( ६१ दशमलव ८३ स्केल)मा छ । यसले शेयर खरीद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ  ।

  • स्ट्याण्डर्ड डेभिएसन : कम्पनीको ५८ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन १७ दशमलव शून्य ३ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

  • मुभिङ एभरेज : कम्पनीको ५८ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एक अर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्य रेखाभन्दा माथी छ । हालको मूल्य रू. ३ हजार ४ सय ९९ देखि बजारको अवस्था परिवर्तन भइ मूल्य महङ्गिएमा रू. ३ हजार ५ सय २१ मा प्रतिरोध पाउन सक्छ भने सस्तिएमा रू.३ हजार ४ सय ८१ मा टेवा पाउन सक्छ  ।

  • खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा बिक्री चापको तुलनामा खरीद चाप साढे ६ गुणा बढी भएको छ । सो अवधिसम्म ३ हजार २ सय ८० कित्ता शेयर खरीद  र ४ सय ९० कित्ता शेयर बिक्री गर्ने माग रहेको थियो ।

बिहीवार भएको शेयर कारोबार विवरण :-

कम्पनीका महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा ) :-

महत्वपूर्ण अनुपात :-

लाभांश विवरण :-

आधारभूत विश्लेषण :-

कम्पनीको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ बीच तुलना गर्दा :

  • कम्पनीले सार्वजनिक गरेको आव २०७३/७४ को चौंथो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा रू. ३ करोड ३७ लाख २९ हजार रहेको छ । यो नाफा गत आवको यसै समयको तुलनामा २३ प्रतिशतले बढी हो । खुद ब्याज आम्दानी बढेको र रू.९० लाख ३८ हजार खराब कर्जा उठाउँन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढेको हो ।

  • चुक्तापूँजीको तुलनामा खुद नाफा ६८ दशमलव ३९ प्रतिशतबाट घटेर ६४ दशमलव शून्य ७ प्रतिशतमा सिमित भएको छ भने चुक्तापूँजी रू.५ करोड २६ लाख पुगेको छ । यो अघिल्लो आवको तुलनामा ३१ प्रतिशतले बढी हो ।

  • यो त्रैमासमा कम्पनीको जगेडा कोषको रकममा वृद्धि भई रू. ७ करोड ६५ लाख पुगेको छ । यो गत आवको सोही अवधिको तुलनाम १ सय ४६ प्रतिशतले बढी हो ।

  • कम्पनीको निक्षेप ४९ प्रतिशतले बढेर रू.१७ करोड ८ लाख र कर्जा तथा सापटी २६ प्रतिशतले बढेर रू.६२ करोड ४० लाख पुगेको छ । लगानी रू.५ लाख  रहेको छ ।

  • खुद ब्याज आम्दानी रू.७ करोड ३० लाख, कर्मचारी खर्च रू.२ करोड १६ लाख, अन्य सञ्चालन खर्च रू.१ करोड ४९ हजार र सञ्चालन नाफा रू. ४ करोड ३९ लाख पुगेको छ ।

  • स्थिर सम्पत्ति २५ प्रतिशतले बढेर रू.१ करोड १८ लाख र अन्य सम्पत्ति साढे ३ गुणाले बढेर रू.१ करोड ५६ लाख रहेको छ ।

  • पूँजीकोष लागत ८ प्रतिशत र पूँजीकोष पर्याप्तता १७ दशमलव ५३ प्रतिशत रहेको छ ।

  • सम्भावित जोखिम बापतको व्यवस्थामा रू.८९ लाख २१ हजार छुट्याएको छ भने निष्क्रिय कर्जा १ दशमलव ९७ प्रतिशत रहेको छ ।

  • कम्पनीको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी(वार्षिक)६४ दशमलव शून्य ७, मूल्य आम्दानी अनुपात ४९ दशमलव १६, तरलता अनुपात २० दशमलव ८३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २ सय ९ दशमलव २० रहेको छ  । बिहीवारको शेयर मूल्य नेटवर्थको साढे १६ गुणा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको