Like us!
Follow us!
Connect us!
Watch us!

प्रभावकारी नभएको हो त धितोपत्र बोर्ड

शुक्रबार, २७ साउन २०७४, ०८ : ४२ मा प्रकाशित

प्रभावकारी नभएको हो त धितोपत्र बोर्ड

  • दिपेश घिमिरे

पूँजी बजारको विकास गर्ने लक्ष्य का साथ स्थापना भएको नेपाल धितोपत्र बोर्डले आफ्ना केही कार्यशैली सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ । धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको संरक्षण गर्ने उदेश्यले खोलिएको बोर्डको पछिल्लो समय प्रभावकारितामा प्रश्न उठ्न थालेको छ ।

धितोप्रत्र  दलाल व्यवसायी संघलाई सेयर करोवार गरे बापत लिनू पर्ने भ्याटको बिषय लाइ लिएर होस यात हकप्रद सेयर को आवेदनमा ढिलासुस्ती को बिषय लाइ  लिएर होस बोर्ड सधै विवादमा आइरहेको छ ।

सेयर अनिवार्य निस्कासन गर्नू पर्ने व्यवस्था  बैंङ्क तथा वित्तिय संस्था ,बिमा कम्पनीहरू र लगानी गरिएको रकम फिर्ता प्राप्तिका लागि लामो समय लाग्ने जलविद्युत् क्षेत्रका कम्पनीहरूले मात्र सेयर निस्कासन गरि पूँजी परिचालन गर्नमा समस्या आएको देखिन्छ ।  

त्यस्तै  अन्य वास्तविक क्षेत्रका कम्पनीहरूले पनि सेयर निस्कासन गरि पूँजी परिचालन गर्नमा र अन्य वास्तविक क्षेत्रमा कम्पनीहरू धितोपत्र वजार मार्फत पूँजी परिचालन गर्नमा चासो नेदेखाउनुको पछाडि  धितोपत्र वजारमा पूँजी परिचालनको उपयूक्त संयन्त्र बन्न नसकेको स्पस्ट हून्छ ।

धितोपत्र निस्काशन गर्नू पर्ने संरचनागत कमीकमजोरि आवस्यक बुक बिल्डिङ  बिधि सम्बन्धि व्यावस्थाको अभाव तथा योग्य लगानिकर्ता नतोकिनूले समेत वास्तबिक क्षेत्रमा सूरक्षित तथा राम्रो कार्यसम्पादन भएका कम्पनीहरू धितोपत्र वजार मार्फत पूँजी परिचालनमा प्रोत्साहित भएको देखिदैन ।

धितोपत्र बोर्डका केही अधिकारी र  व्यवसायीबीच आइ कन्ट्याक भएकाले सेयर निस्कासनको आवेदनलाई  ढिला सूस्ति गरि समयको दुरूपयोग भइरहेको पाइएको गुनासो पनि आउने गरेको छ ।
परम्परागत सैलिका कारण  काम गर्ने शैलमिा  आधूनिकता आएको छैन दीर्घकालनि रुपमा पूँजीको परिचालन भएता पनि यसमा प्रभावकारिता आउन सकेको छैन ।

धितोपत्र बोडले नेपाल स्टक एक्सचेन्ज लि. धितोपत्र दलाल व्यावसायि , निस्कासनकर्ता कम्पनीलाई मार्ग निर्देशन गर्ने भएपनि नियमनको हिसाबले भने थप प्रभावकारी बन्न नसकेको गुनासो छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको