Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोच्च अदालत अब तपाईको हातमा, मोबाइल एप्स संचालनमा

विहीबार, २६ साउन २०७४, १८ : २३ मा प्रकाशित

सर्वोच्च अदालत अब तपाईको हातमा, मोबाइल एप्स संचालनमा

अर्थ संसार, काठमाडौँ–सर्वोच्च अदालतले सेवाग्राहीलाई न्यायमा सहज पहुँच पुर्याउने उद्देश्यले आजदेखि ‘सर्वोच्च अदालत मोबाइल एप्स’ शुभारम्भ गरेको छ ।

अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश गोपाल पराजुलीले मोबाइल ‘एप्स’को प्रयोग गरेर शुभारम्भ गर्दै ‘स्मार्ट जस्टिस’को अवधारणान्तर्गत मोबाइल एप्स ल्याइएको बताउनुभयो । उहाँले प्रविधिको प्रयोगले अदालत र सेवाग्राही दुवैलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

न्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा, न्यायाधीश अनिल सिन्हाले मोबाइल एप्स तयार गर्नुभएको हो । न्यायाधीश सिन्हाले सूचना प्रविधिमैत्री अदालत बनाउनाका साथै सुलभ तरिकाले मुद्दाका बारेमा जानकारी दिन एप्स तयार गरिएको जानकारी दिनुभयो ।

मोबाइल एप्समा मुख्य सेवा सूचना तथा मुद्दाको दैनिक, साप्ताहिक र स्थगित पेसी, आदेश, फैसलालगायत हेर्न सकिनेछ । सर्वोच्च अदालतले एप्सको प्रयोगको अध्ययनपछि उच्च र जिल्ला अदालतमा पनि एप्स लागु गर्ने योजना बनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको