Like us!
Follow us!
Connect us!
Watch us!

घरबेटीको नियमा होइन सरकारी नियमनमा तिर्नुस विद्युत्को बिल, विद्युत्को बढी महसुल लिए घरबेटीलाई ठगीमा कारवाही हुने

विहीबार, २६ साउन २०७४, १६ : ५० मा प्रकाशित

घरबेटीको नियमा होइन सरकारी नियमनमा तिर्नुस विद्युत्को बिल, विद्युत्को बढी महसुल लिए घरबेटीलाई ठगीमा कारवाही हुने

अर्थ संसार, काठमाडौं – तपाई काठमाडौँमा घर बहालमा बस्नु हुन्छ भने तपाईले पक्कै पनि घरबेटीलाई विद्युत् वापतको महसुल बुझाउनु भएको छ नै । विजुलीको महसुल नतिरीकन काठमाडौँमा बस्ने अवस्था नै छैन ।

त्यही भएर तपाईले घरबेटीको नियमअनुसार विद्युत्को महसुल तिर्नु भएको छ नै । अब भने घरबेटीले तपाईलाई उसको नियमअनुसारको महसुल होइन सरकारले तोकेको नियमअनुसारको महसुल तिर्नुपर्ने हुन्छ ।

तपाईलाई सरकारले तोकेको भन्दा बढी महसुल घरबेटीले लिए कानुनअनुसार कारवाही हुने भएको छ ।
घरवालाले डेरावालासंग तोकिएको भन्दा बढी बिजुली महशुल उठाए कारवाही गर्ने गरी आवश्यक तयारी गरिएको छ ।

विद्युत महशुल निर्धारण आयोगले सुचना प्रकाशित गरी डेरावालसंग प्रतियुनिट १३ रुपैयाँ भन्दा बढी महशुल असुले ठगी गरेकोमा कार्वाही गर्ने जानकारी दिएको छ । ०७३ असार १६ गते निर्धारण गरेको भन्दा बढी महशुल नलिन समेत आयोगले भनेको छ ।

घरवालाले डेरवालसंग प्रतियुनिट २४ रुपैयाँसम्म महशुल उठाएको उजुरी आएपछि तोकिएको भन्दा बढी नलिन सचेत गराइएको आयोगका अध्यक्ष जगतकुमार भुसालले बताए ।

 ग्राहस्थलाई निर्धारण गरेको महशुल दर बढीमा प्रतियुनिट १३ रुपैयाँ हो उनले भने यो भन्दा बढी महशुल उठाए ठगिमा कार्वाही हुन्छ – उनले प्रतियुनिट १३ रुपैयाँ भन्दा बढी महशुल नतिर्न डेरावाललाई अनुरोध गरेका छन् ।

कुनै घरवालाले तोकिएको भन्दा बढी रकम तिर्न वाध्य बनाए सिधै ठगी गरेको उजुरी गर्न अनुरोध गरेका छन् ।०७३ मा बिजुलीको महशुल दरमा समायोजन गरी आयोगले प्रस्तावित ग्राहस्थ महशुल दरलाई ७ वर्गमा विभाजन गरेको छ । न्यूनतम शुल्क ३० रुपैयाँदेखि १७५ रुपैयाँसम्म प्रस्ताव गरिएको छ ।


आयोगले ३१ देखि ५० युनिटलाई प्रतियुनिट साढे ८ रुपैयाँ र न्यूनतम शुल्क ७५ रुपैयाँ, ५१ देखि ५० युनिटसम्मलाई १० रुपैयाँ महशुल र शुल्क १ सय रुपैयाँ, १५१ देखि २०० युनिटसम्मलाई प्रतियुनिट ११ रुपैयाँ र १२५ रुपैयाँ शुल्क, २०१ देखि ४ सय युनिटसम्मलाई १२ रुपैयाँ र न्यूनतम शुल्क १५० रुपैयाँ र ४ सयदेखि माथिलाई प्रतियुनिट १३ रुपैयाँ र न्यूनतम शुल्क १७५ प्रस्ताव गरेको थियो ।
यो शुल्क भन्दा बढी शुल्क वा महसुल लिए ठगी ऐनअनुसार कारवाही हुने आयोगले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको