Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको सञ्चालकलाई सेयर कारोबारमा रोक, कारण यस्ता छन्

विहीबार, २६ साउन २०७४, ०४ : ०१ मा प्रकाशित

धितोपत्र बोर्डको सञ्चालकलाई सेयर कारोबारमा रोक, कारण यस्ता छन्

अर्थ संसार, काठमाडौं  नेपाल घितोपत्र बोर्डले सेयरबजारलाई स्वच्छ र पारदर्शी बनाउन आफ्नै सञ्चालक सेयर कारोबार गर्न बन्देज लगाएको छ ।

बोर्डले बोर्ड सदस्यका लागि आचारसंहिता, २०७४ लागू गर्दैे ‘बोर्डबाट अनुमति पत्रपाप्त  संस्थाको संस्थापक सेयरमा समेत लगानी गर्न प्रतिबन्ध लगाएको छ ।बोर्डले धितोपत्र बजारमा सुशासन कायम राख्न बोर्ड सदस्यको लागि आचारसंहिता लागू गरेको जनाएको छ ।

अब धितोपत्र बोर्डका संचालक संदस्यले आफूले प्रतिनिधित्व गरेको संस्थाको अतिरिक्त बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यावसायी, सूचिकृत संङ्गठित संस्था वा घितोपत्र दर्ता तथा निष्काशन प्रक्रियामा रहेका सङ्गठित संस्थामा सञ्चालक, सल्लाकार तथा पारिश्रमिक तथा शुल्क पाउने गरी पूर्णकालीन पदाधिकारीको रुपमा रहन नपाउने भएका छन् ।

यदि बोर्ड सदस्य कुनै सूचिकृत संस्थाको आधारभूत सेयर धनी वा पदाधिकारी रहेमा ती संस्थाको सम्बन्धमा बोर्डलाई जानकारी हुने छलफल तथा निर्णयमा सहभगी हुन पायने छैन ।

साथै, बोर्ड सदस्यले आफूलाई ज्ञान हुन आएको कुनै पनि सूचना, कागजात वा समाचार प्रत्यक्ष वा अप्रत्यक्षरुपबाट बोर्डको अहित हुने गरी बोर्ड वाहिरका व्यक्ति तथा कुनै पनि किसिमका सञ्चारका माध्यमलाई प्रत्यक्ष वा अप्रत्क्षरुपले सङ्केत वा प्रकट गर्न नपाउने व्यवस्था गरेको छ ।

बोर्ड सदस्यले अनुमति–पत्र प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत सङ्कठित संस्थालाई कुनै प्रकारको सेवा प्रदान गरेको भए बोर्डलाई सोको जानकारी दिनुपर्नेछ । 

साथै, त्यस्तो संस्थाका सम्बन्धमा बोर्डमा हुने छलफलमा स्वार्थ बाझिने हुँदा त्यस्तो छलफल तथा निर्णयमा भाग लिन पाईने छैन ।

बोर्ड सदस्यले बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत सङ्कठित संस्था तथा कारोवारमा आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत तथा पारिवारिक फाइदा हुने क्रियाकलाप संलग्न हुन पाइने छैन ।

बोर्डको काममा कुनै पनि प्रकारले असर पर्ने गरी बोर्ड सदस्यले बोर्डको पूर्व स्वीकृत बिना कसैबाट कुनै प्रकारको दान, दातव्य, कोसेली वा उपहार माग्न, स्वीकार गर्न वा आफु्नो परिवारको कुनै सदस्यबाट स्वीकार गराउन समेत नपाइने आचारसंहिता लागु गरेको छ ।

बोर्डले यसअघि बोर्डका कर्मचारीको लागि आचारसंहिता लगाू गरीसकेको छ भने सूचिकृत संगठित संस्थाहरुको लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका तयार गर्ने क्रममा रहेको छ ।

नियमनकारी निकायका बोर्ड सदस्यहरु सुशासित भएमात्र समग्र बजारमा सुशासन कायम गर्न सकिने मान्यतासहित बोर्ड सदस्यका लागि ‘नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचारसंहिता’ २०७४ बनाई लागू गरेको प्रवक्त निरज गिरीले जानकारी दिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको