Like us!
Follow us!
Connect us!
Watch us!

स्वच्छ प्रतिस्पर्धा नै लोकतन्त्रको अभ्यास : अध्यक्ष ओली

बुधबार, २५ साउन २०७४, २१ : ४४ मा प्रकाशित

स्वच्छ प्रतिस्पर्धा नै लोकतन्त्रको अभ्यास : अध्यक्ष ओली

अर्थ संसार, भक्तपुर  नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सम्पन्न भएर संविधान कार्यान्वयन प्रक्रिया अगाडि बढिसकेको बताउनुभएको छ ।

आज भक्तपुरको जिल्ला समन्वय समितिका निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले अब प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताउनुभयो ।

उहाँले स्वच्छ प्रतिस्पर्धा नै लोकतन्त्रको अभ्यास भएकाले निर्वाचनको प्रक्रियामा सबै सहभागी हुनुपर्ने धारणा राख्नुभयो । उहाँले स्थानीय तह तथा जिल्ला समन्वय समितिमा निर्वाचित जनप्रतिनिधिलाई जनताका पक्षमा जनताको मन जित्ने ढंगबाट काम गरेर देखाउन आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले नयाँ संविधानले अधिकार सम्पन्न स्थानीय तहको व्यवस्था गरेका कारण सबै विषय नयाँ भएकाले निर्वाचित प्रतिनिधिले नयाँ व्यवस्थाको अभ्याससँग काम गरेर देखाउने परीक्षाको समय आएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुरका पूर्वमन्त्री, पूर्वराज्यमन्त्री, पूर्वसहायकमन्त्री, पूर्वस्थानीय विकास अधिकारी र अन्य विशिष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको