Like us!
Follow us!
Connect us!
Watch us!

सुुमी डिस्टीलरीले माग्यो ९ जना कर्मचारी

सोमबार, २२ कार्तिक २०७३, १५ : २३ मा प्रकाशित

सुुमी डिस्टीलरीले माग्यो ९ जना कर्मचारी

अर्थ संसार

काठमाडौं–सुुमी डिस्टीलरीले एरिया म्यानेजर, सेल्स अफिसर र सहायक सेल्स अफिसरलगायतका पदमा गरी ९ जना कर्मचारी मागेको छ । डिस्टीलरीले दुई जना एरिया म्यानेजर मागेको हो । यस पदमा एमबीए वा सोसरह उत्तीर्ण गरेको योग्यता तोकेको छ । त्यस्तै एफएमसीजीमा उही पदमा रही तीन वर्षको कार्य अनुभवसमेत हुनुुपर्ने कम्पनीले जनाएको छ । 

यस्तै सेल्स अफिसर र सहायक अफिसर पदमा ७ जना कर्मचारी मागेको छ । दुवै पदका लागि बीए तथा सोसरहको योग्यता हासिल गरेको, उही पदमा रही एफएमसीजीमा तीन वर्षको अनुुभव रहेको र राम्रो संचार क्षमता तथा कम्प्युटर योग्यता हुुनुपर्ने योग्यता कम्पनीले तोकेको छ । 

कम्पनीले विज्ञापन प्रकाशित भएको ७ दिनभित्र व्यक्तिगत विवरण, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र अरु सान्दर्भिक दस्तावेजसहित [email protected] इमेल ठेगानामा आवेदन पठाउन भनेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको