Like us!
Follow us!
Connect us!
Watch us!

सार्वजनिक पद धारण गर्नेले निगमको जहाज चढ्नैपर्ने

बुधबार, २५ साउन २०७४, १४ : ५६ मा प्रकाशित

सार्वजनिक पद धारण गर्नेले निगमको जहाज चढ्नैपर्ने

अर्थ संसार, काठमाडौँ, सार्वजनिक पद धारण गर्ने व्यक्तिले नेपाल वायु सेवा निगमको जहाज चढ्नुपर्ने भएको छ ।

संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकले सार्वजनिक पद धारण गरेका जो सुकै व्यक्तिले पनि वायु सेवा निगको जहजा चढ्नुपर्ने गरी निर्देशन दिएको छ ।

समितिका सभापति डोरप्रसाद उपाध्यायले सार्वजनिक पद धारण गरेका व्यक्ति राज्य र राज्यका निकायप्रति जिम्मेबार हुनुपर्ने भएकाले त्यस्तो निर्देशन दिइएको बताए । वायु सेवा निगमलाई सबल र सक्षम बनाउने लक्ष्यका साथ समितिले त्यस्तो निर्देशन दिएको हो ।

सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवले समितिले दिएकोनिर्देशन कार्यान्वयन गराउन आफू प्रतिवद्ध भएर लाग्ने बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको