Like us!
Follow us!
Connect us!
Watch us!

चेपाङको हत्या भएको खुलासा, तीन पक्राउ

बुधबार, २५ साउन २०७४, ०८ : ०६ मा प्रकाशित

चेपाङको हत्या भएको खुलासा, तीन पक्राउ

अर्थ संसार, रत्ननगर (चितवन) –चितवनको इच्छाकामना गाउँपालिका–१ का ५५ वर्षीय हस्तबहादुर चेपाङको हत्या भएको खुलासा भएको छ ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले मृतावस्थामा भेटिएका चेपाङको अनुसन्धान गर्दै जाँदा हत्या भएको खुलेको जानकारी दिनुभयो । व्यक्तिगत रिसका कारण छिमेकीले नै हत्या गरेको पाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।

यही साउन २१ गते उनलाई सोही गाउँपालिकाको डुकराङस्थित मकैबारीमा मृत फेला पारिएको थियो । अनुसन्धान गर्दै जाँदा उनलाई साउन १८ गते राति धनबहादुर चेपाङसहित मिलेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले घाँटीमा डोरीले कसी कुटपिटपछि हत्या गरेर भिरबाट फालेको पाइएको प्रहरीले मंगलबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा सोही गाउँपालिका–१, जैते बस्ने २९ वर्षका रमेश चेपाङ, सोही गाउँका १९ वर्षीय सन्देश चेपाङ र ३० वर्षका धनबहादुर चेपाङ पक्राउ परेका छन् ।

दुई जनालाई यसअघि नै पक्राउ गरिएको र फरार हुँदै आएका धनबहादुरलाई भने मंगलबार पक्राउ गरी अनुसन्धान थालिएको चितवनका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको