Like us!
Follow us!
Connect us!
Watch us!

बन्दबाट नौ जिल्ला प्रभावित

आइतबार, २२ साउन २०७४, ११ : ३८ मा प्रकाशित

बन्दबाट नौ जिल्ला प्रभावित

अर्थ संसार, तेह्रथुम –अरुणपूर्वका नौ जिल्लालाई लिम्बूवान माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी लिम्बूवान राज्य परिषद्ले आज आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङका यातायात र बजार पसल ठप्प छन् । प्रेस र कूटनीतिक नियोगका गाडी, दमकल र एम्बुलेन्सबाहेक कुनै पनि सवारीसाधन चलेका छैनन् ।

बजार, पसल, शैक्षिक संस्था र कलकारखाना पनि बन्द छन् । विसं १८३१ आजकै दिन लिम्बूवानको तत्कालीन गोर्खासँग भएको नूनपानी सन्धिले आत्मनिर्णयको अधिकार खोसिएको परिषद्ले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको