Like us!
Follow us!
Connect us!
Watch us!

ट्रेड यूनियन आन्दोलन र सहकारी अभियान

विहीबार, १९ साउन २०७४, १९ : ४५ मा प्रकाशित

ट्रेड यूनियन आन्दोलन र सहकारी अभियान

श्रमिकहरुको काम र जिवनलाई मर्यादित वनाई उनीहरुको भविष्यलाई सुनिश्चित वनाउने ध्येय र लक्ष्यका साथ ट्रेड युनियनले जिम्मेवार भूमिका निर्वाह  गर्नुपर्दछ ।

आज संसारभर सहकारी अभियान एउटा आन्दोलन र अर्थतन्त्रको महत्वपुर्ण मेरुदण्डकै रुपमा अगाडी वढीरहेको सन्र्दभमा ट्रेड युनियन आन्दोलनको अग्रगतीका लागि सहकारी अभियानलाई कसरी प्रभावकारी वनाउन सकिएला ? भन्ने विषय तर्फ ट्रेड  यूनियन आन्दोलनका अभियन्ताहरुले ध्यान दिनु पर्ने बेला आएको छ ।

ट्रेड युनियनले सदैव आफ्ना सदस्यहरुको सुरक्षा प्रदान गर्ने, उनिहरुलाई समान अवसर दिलाउने, उनिहरुको जिवनलाई समृद्ध तुल्याउने र भविष्यलाई सुनिश्चित वनाउने दिशामा भूमिका निर्वाह गर्ने लक्ष्यका साथ आफ्नो लक्ष्य यात्रा आरम्भ गर्नु पर्दछ ।

  श्रमिकहरुका लागि साचो अर्थमा कार्यस्थलमा औद्योगिक लोकतन्त्र ( Industrial Democracy) स्थापना गरि उनिहरुलाई कुनै पनि शोषणवाट मुक्त गरेर श्रमको संसारलाई सम्मानयुक्त र न्यायपुर्ण वनाउन हरहमेशा ट्रेड युनियनले भूमिका निर्वाह गर्नु पर्दछ ।

   ट्रेड युनियनले आफ्ना सदस्यहरु माथी भई रहेको शोषणवाट मुक्त गराउने भूमिका निर्वाह गर्नु पर्दछ । वजार अर्थव्यवस्था( Market Economy ) को नीतिका कारण दैनिक उपभोग्य वस्तुको विक्रि र वितरण मा  भई रहेको वर्कर शोषण कार्टेलिङ्ग. र अभावका कारण आज श्रमजिवि वर्ग प्रताडित वनेका छन् ।

जीवन निर्वाह गर्न नपुग्ने पारिश्रामिक र आकासिदो मुल्यवृद्धिले आज श्रमिक वर्गको ढाड सेक्ने काय गरेको छ । टेड युनियनहरुले वजार अर्थतन्त्रको विकल्प सहित मुनाफाखोर पुजिपति र कालावजारीमा व्यापारीका विरुद्ध शसक्त आन्दोलन गर्न नसक्दा वढ्दो महंगी श्रमिक वर्गका लागि पहाड झै वनेको छ ।

टेड युनियन आन्दोलन र सहकारी  

ट्रेड युनियन आन्दोलनलाई नयाँ गति र उचाईका साथ अगाडी वढाउन सहकारी अभियान महत्वपुर्ण औजार ( Toots ) वन्न सक्द्रछ ।

सहकारी अभियान आफैमा एकता स्व–अनुशासन स्वतन्त्रता, व्यापक सदस्यमा आधारित, पारदर्शीता एवं सामाजिक दायित्वको भावनाले ओतप्रोत पे्ररित आन्दोलन हो । सहकारीका व्यवहारलाई ट्रेड युनियन आन्दोलन भित्र अनुशरण गर्दा ट्रेड युनियन अझ प्रभावकारी वन्न सक्दछ ।

सहकारीका माध्यमवाट अनुत्पादक एवं फजुल खर्च गरेर मोजमस्ती गर्ने र उपभोगमुखी संस्कृतीलाई समाप्त पारि वचत भएको रकम उत्पादनशील काममा लगाउने, मितव्ययी वन्न प्रेरित गर्ने, आर्थिक विपन्नहरुको हैसियत माथी उठाई समृद्ध वनाउने , पूँजिवादी शोषणवाट मुक्त गराई समाजवादी व्यवस्था स्थापना गर्न मद्धत पुग्ने भएको हुदा सहकारी अभियान ट्रेड युनियन अन्दोलनको  महत्वपुर्ण अभियान हुनेछ ।

सहकारी अभियानलेः

ट्रेड युनियनका आफ्ना सदस्यहरु र आश्रित परिवारका विचमा छरिएर रहेको स–सानो वचतलाई  पुँजिको रुपमा एकिकृत गरी पुजी निर्माण गर्न मद्धत पुर्याउदछ । सहकारीले टेड युनियनका कमजोर एवं विपन्न सहकारीमा संगठित सदस्यहरुको आर्थिक अवस्था सुधार गर्न मद्धत पुरयाई सहयोग गर्दछ ।

सहकारीका माध्यमवाट ट्रेड युनियनका सदस्यहरुका विचमा एकता, मित्रता र भातृत्वपुर्ण भावना र सम्वन्ध गर्न मद्धत पुग्दछ । सहकारीका माध्यमवाट छरिएर रहेको पुजीलाई एकत्रित गरि सर्वसुलभ मुल्यका पसल संचालन गर्न र उत्पादनशील एवं रोजगार उन्मुख क्रियाकलाप स.चालन गरि पँुजीवादी शोषण र अभाववाट श्रमिक वर्गलाई मुक्त गराउन मद्धत पुग्दछ ।

सहकारी अभियान समाजवादी व्यवस्थाको महत्वपुर्ण अंग भएको हुनाले पनि सहकारीको महत्व वढेर गएको छ । सहकारीका गतिविधि र यसको लोकप्रियताले ट्रेड युनियन आन्दोलनलाई पनि अग्रगती प्रदान गर्न मद्दत पुर्याउदछ ।

केहि विचारयणीय पक्षहरुः

ट्रेड युनियनको ध्येय प्राप्तीका लागि अगाडी वढन ट्रेड युनियनले आफ्ना सदस्यहरुलाई केवल संघर्ष । आन्दोलन मात्रै होईन, उत्पादनका काम सग पनि अभिन्न साईनो  गास्न जोड दिनु पर्दछ । सहकारी अभियानले आफ्ना सदस्यहरुलाई उत्पादनका काममा सहभागी गराउन मद्धत पुग्दछ ।

ट्रेड युनियन संचालन गरि रहदा केवल फगत ट्रेड युनियन संचालनको विषयलाई  मात्र महत्व दिने तर ट्रेड युनियनको पहलमा सहकारी संचालन गर्न ध्यान नदिने एकाड्ढी सोंच चिन्तनलाई ट्रेड युनियनले हटाई सहकारी अभियानलाई प्राथमिकताका साथ अगाडी वढाउनु पर्दछ  ।

ट्रेड युनियनले सहकारी संचालन गरि रहदा सवै काम सहकारी मात्रै हो भनेर ट्रेड युनियनका अन्य गतिविधिवाट विमुख वन्ने वा निष्कृय वने वा ट्रेड युनियनका कायलाई महत्व नदिने हो भने ट्रेड युनियन आन्दोलन अर्थवाद तर्फ उन्मुख वन्दछ । 

सहकारी ट्रेड युनियनको योजना र पहलमा तर स्वायत्त ढंगले संचालन गर्नु पर्दछ । ट्रेड युनियन भित्रको अराजकता, स्वच्छन्दता, र आर्थिक अनुशासनहिनतालाई सहकारी भित्र हुर्कन दिनु हुदैन । सहकारीका आफ्नै सिद्धान्त र आदर्शवाट सहकारीलाई संचालन गरेर युनियन आन्दोलनलाई मद्दत पु¥याउने गरि संचालन गर्नु पर्दछ ।

सहकारी अभियानवाट विद्यमान शोषणमुखी र मुनाफामुखी वजार व्यवस्थालाई विस्थापित गर्ने साेंच, दृष्टिकोण र कार्यक्रमिक प्रतिवद्धताका साथ आफ्ना सदस्यहरुको अधिकतम हितका लागि सुपथ मुल्यका पसल र उत्पादनशिल एवं रोजगार उन्मुख परियोजनामा लगानी गर्ने नीतिका साथ सहकारलिाई संचालन गर्दा मात्र साँँचो अर्थमा सहकारीको अवधारणालाई स्थापित गर्न सकिन्छ ।

तसर्थ सहकारीलाई ऋण उपभोक्तामुखी वन्ने र वनाउने नीतिवाट मुक्त गरी उत्पादन वढाउने, रोजगारी उपलब्ध गराउने, र सुपथ मुल्यका वस्तु तथा सेवा आपुर्ति गर्ने दुरदृष्टिका साथ संचालन गर्नु पर्दछ । ट्रेड युनियनलाई आर्थिक रुपले आत्मनिर्भर वनाउन जरुरी छ ।

यसका लागि सहकारीवाट लाभान्वित सदस्यहरुको योगदानलाई पनि ट्रेड युनियन भित्र सहभागी गराउदा ट्रेड युनियन आर्थिक रुपले आत्मनिर्भर हुदै जाने र ट्रेड युनियन प्रति सदस्यहरुको स्वामित्ववोध हुनेछ ।

सहकारीका माध्यमवाट ट्रेड युनियनको सदस्यता विस्तार गर्न, आफ्ना सदस्यका आश्रित परिवारलाई सहयोग पुर्याउन र उनीहरु सग सम्पर्क, सम्वन्ध स्थापित गर्न मद्धत पुग्ने र समग्रमा ट्रेड युनियनलाई सामाजिक रुपमा स्थापित गर्न मद्धत पुग्ने र समग्रमा ट्रेड युनियनलाई सामाजिक रुपमा स्थापित गर्न मद्दत पुग्ने हुदा सहकारी अभियानलाई संकिर्ण दायरावाट होईन फराकिलो साेंच र दृष्टिकोणका साथ संचालन गर्नु पर्दछ । सहकारी आफैमा अनुशासन, मितव्ययी र पारदर्शीताको अनुपम संस्था वन्नु पर्दछ ।

सहकारी भित्रको स्वच्छ छवि Image Building )ले नै ट्रेड युनियन आन्दोलनको पनि स्वच्छ छवी निर्माण गर्न मद्धत पुग्दछ, अतः सहकारीका स्थापित मुल्य मान्यता र सिद्धान्तलाई सहकारी भित्र कडाईका साथ अनुशरण गर्नुपर्दछ ।

सहकारीलाई विल्कुलै निस्र्वाथ भावनाका साथ संचालन गर्नु पर्दछ । योग्यता, क्षमता, लगनशिलता र पेशाविद् क्षमताका आधारमा यस भित्र नेतृत्व निर्माण गर्नु पर्दछ । कुनै पनि खाले गुटवन्दी, आग्रह, पुर्वाग्रहका आधारमा होईन, सदस्यको योग्यता क्षमता, र दक्षताका आधारमा नेतृत्व निर्माण गर्न ध्यान दिन सकियो भने मात्र ट्रेड युनियनलाई पनि गुटवन्दी , अनुशासनहिन र अराजकतावाट मुक्त गराउन मद्धत पुग्दछ ।

अन्त्यमा, ट्रेड युनियन आन्दोलन दीर्घकालिन महत्वको आन्दोलन हो । आफ्ना सदस्यहरुलाई सवै खाले शोषणवाट मुक्त गराई उनीहरुको जीवन र भविष्यलाई समृद्ध र सुनिश्चित वनाउन ट्रेड युनियनले निरन्तर सघर्षशील भूमिका निर्वाह गर्नु पर्दछ । सदस्यहरुको व्यापक सहभागीता, एकता, हार्दिकताका साथ जुझारु  ढंगले ट्रेड युनियनलाई संचालन गरिरहन र सामाजिक रुपले पनि ट्रेड युनियनलाई स्थापित गर्न जरुरी छ ।

यसका लागी सहकारी अभियान ट्रेड युनियनको अग्रगतीका लागि महत्वपुर्ण औजार वन्न सक्दछ । सदस्यहरुको हितका लागि सदस्यहरुले नै संचालन गर्ने सहकारी अभियान श्रमिकवर्गको उत्थान र समृद्धिका लागि महत्वपूर्ण माध्यम वन्ने भएको हुदा सहकारीमा मुल्य, मान्यता र आर्दशवाट निर्देशित हुदै सहकारी अभियानलाई अगाडी बढाउन सके ट्रेड युयिन आन्दोलनको ध्येय प्राप्तीका लागि सहकारी अभियान महत्वपुर्ण माध्यम वन्ने निश्चित छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको