Like us!
Follow us!
Connect us!
Watch us!

एम अधिकारी को हुन् ? किन बोल्दैनन् एमालेका विभागीय नेताहरु ?

लोकेन्द्र ढकाल

शुक्रबार, ३१ असार २०७९, २१ : ४२ मा प्रकाशित

एम अधिकारी को हुन् ? किन बोल्दैनन् एमालेका विभागीय नेताहरु ?

एमाले अर्थ तथा योजना विभागका सदस्य भनि लेखिएका  एम अधिकारी को हुन् ? भन्ने  प्रश्नमा एमालेका जिम्मेवार विभागीय नेताहरु नबोलि उम्किन खोज्छन । आज अर्थ संसारले एम अधिकारी को हुन् भनि एमालेका विभागीय नेताहरुसँग बुझ्ने प्रयास गरेको थियो  ।

 एमालेका केन्द्रीय सदस्य एवम् संंगठन विभाग प्रमुख खगराज अधिकारीले संगठन विभाग प्रमुखलाई विभागिय विभागका सबै सदस्यको बारेमा जानकारी नहुने बताए । उनले एम अधिकारी को हुन भन्नेमा सर्बत्र राष्ट्रिय चर्चा आइसकेपछि त संगठन विभाग प्रमुख जानकार हुनु प–यो नि भन्ने प्रश्नमा संगठन विभाग प्रमुखलाई सचिवालयले पत्र पठाउने हो, अहिले सम्म सचिवालयवाट कुनै पत्र आएको छैन्, संगठन विभाग प्रमुख खगराज अधिकारीले भने सचिवालयले मनोज अधिकारी नामको व्यक्क्ति एम अधिकारी हो भनेको छ तर संगठन विभागले पत्र पाएको छैन । अधिकारीले मलाई यस विषयमा अरु धेरै प्रश्न नसोध्न भन्दै कुरा सकाए ।

यसैक्रममा एमाले सचिवालय एवम् पार्टी कार्यालयमा एम अधिकारी को हुन् भनि खोज्दै जाँदा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले, उनी खोटाङमा जन्मिएर हाल विराटनगरमा बस्ने चार्टर्ड एकाउन्टेन्ट मनोज अधिकारी नै एम अधिकारी भएको बताए । ‘उहाँ नै एम अधिकारी हो, हामीले यत्ति भन्न सक्छौं । उहाँका बारेमा बाँकी कुरा त विभागले नै भन्ला, भन्दै उनले विभाग तिर बुझ्न भने ।

तर एमालेले एम अधिकारी भनिएमा विराटनगरमा मनोज अधिकारी केहि समय सम्पर्कमा आएनन  । समाचार स्रोतमा अनुसार एमालेले उनलाई एम अधिकारी भनि समाचार आएपछि उनले मोवाइल स्विच अफ गरि सम्पर्क विहीन भएका थिए।  अहिले सम्पर्क आए पनि आफुलाई एमालेले खोजेकै एम अधिकारी हु भन्न सकेका छैनन्। 

यसैगरि हामीले एमालेको अर्थ तथा योजना विभागमा प्रमुख घनश्याम भुसाललाई प्रश्न गर्दा भुसाल पनि पन्छिन खोजे । उनले पहिला आफु पार्लामेन्टमा जान लागेको भन्दै बोल्न खोजेनन् भने प्रतिनिधि सभाको बैंठक सकिएपछि बुझ्न खोज्दा please text me about matter  भन्दै म्यासेज गरे । म्यासेसमा उनलाई प्रश्न गर्दा विभाग प्रमुख भुसालले I am busy in meeting भन्दै अर्को म्यासेज फर्काए । आफु प्रमुख भएको विभागको सदस्यको परिचय नै विभाग प्रमुखले दिन सकेनन ।

राष्ट्रिय चासो र चर्चा भैरहेका एम अधिकारी को हुन् त ? तीन दिन सम्म आफ्नो विभागको सदस्यको परिचय खुलाउन नसक्नुको पछाडि सामाजिक सञ्जाल तथा न्युज पोर्टलहरुमा आइरहेको समाचार जस्तै बर्तमान गभर्नर महाप्रसाद अधिकारी नै एम अधिकारी त होइनन् भन्नेमा थप अन्योलता चुलिएको छ । केही दिन पहिला विभागका एक सदस्य इ.देउकाजी गुरुङले गभर्नर महाप्रसाद अधिकारी एमाले अर्थ तथा योजना विभागको सदस्य रहेको र मिटीङमा आउने जाने गर्ने गरेको विवादास्पद अभिव्यक्क्ति दिएका थिए । सामाजिक संजालमा भाइरल भएको गुरुङको दुईवटा अडियोमा उनले २०७३ सालमा गठन भएको विभागमा गभर्नर महाप्रसाद अधिकारी विभागको सदस्य रहेकोमा दुईमत नरहेको तर एमालेको मंसिरमा सम्पन्न दशौं महाधिवेशन पछि घनश्याम भुसाल प्रमुख रहेको विभागका सदस्य एम अधिकारी को हुन् भन्नेमा आफुले नदेखेको नचिनेको बताएमा थिए । 

यसैविच माओवादी केन्द्रले एम अधिकारी भनिएमा व्यक्क्ति गभर्नर महाप्रसाद अधिकारी नै भएको र राष्ट्र बैंक जस्तो स्वायक्त संस्थाको प्रमुख कुनै अमूख राजनीतिक दलको सदस्य रहन सक्दैन भन्दै सदक तथा सदनमा राजिनामा माग्दै आएको छ । आजै प्रधानमन्त्री  शेरबहादुर देउवाले पनि गभर्नर महाप्रसाद अधिकारीले नैतिकताले आधारमा राजिनामा दिनुपर्ने भन्दै गभर्नरको राजिनामा मागेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको